दिल्ली पहिलो स्थानमा उक्लियो

दिल्ली पहिलो स्थानमा उक्लियो

बैशाख १० , अनलाईन खेलखबर ।। ईन्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत सोमबार राति सम्पन्न प्रतियोगिताको ४० औँ खेलमा नेपालका युवा क्रिकेटर सन्दीप् लामिछानेको टिम दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि ६ विकेटले जित हासिल गरेको छ ।

यो जित सँगै दिल्ली अहिले ११ खेलबाट ७ मा अजित र ४ खेलमा हार व्यहोर्दै १४ अंकसहित अंकतालिकाको तेस्रोबाट पहिलो स्थानमा रहेको छ । समान अंक भएपनि नेटरनरेटमा पछि पर्दै चेन्नई अहिले दोस्रो स्थानमा ओर्लिएको छ । यस्तै पराजित हुन् पुगेको राजस्थान रोयल्स १० खेलबाट ७ मा हार र ३ खेलमा जित निकाल्दै ६ अंकसहित अंकतालिकाको सातौ स्थानमा यथावत रहेको छ ।

गएराति भएको खेलमा राजस्थानले दिएको १ सय ९२ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको दिल्लीले उक्त लक्ष्य ४ बल बाकि रहदा मात्र ४ विकेट गुमाएर भेटायो ।

ठुलो लक्ष्य पछ्याउदै जवाफी ब्याटिंग गरेको भएपनि दिल्लीले राजस्थान सँग निकै परिपक्क ब्याटिंङ्ग प्रस्तुत गर्ने क्रममा पहिलो विकेटका रुपमा ७.३ ओवरमा टिमको स्कोर ७२ रन हुदाँ शिखर धवनलाई व्यक्तिगत ५४ रनमा गुमाएको थियो । उनले पृवि शा सँग पहिलो विकेटका लागि ७२ रनको साझेदारी गदै टिमलाई ठोस सुरुवात् दिलाएका थिए । उनले २७ बलको सामना गर्ने क्रममा ८ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

उनि आउट भएपछी भने कप्तान श्रेयस अय्यर भने सस्तैमा आउट हुन्पुगे । उनले मात्र ४ रन बनाए । यसपछि फेरी टिमले तेस्रो विकेटका लागि पृवी शा र रिषभ पन्त बिच अर्को राम्रो साझेदारी पाएपछि दिल्ली जितको नजिक पुगेको थियो । यी दुई बिच ८४ रनको साझेदारी हुन् पुगेको थियो । यसपछि पृवि शाले ४२ रन बनाएर आउट हुन् पुग्दा रिषभ पन्त अबिजित रहदै ईनिङ्गको सर्बाधिक ७८ रनको योगदान गरे ।

३६ बलको सामना गरेका उनले ६ चौका र ४ छक्काको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै टिमका लागि शेरफेन रदरफोर्डले ११ रन जोडे ।

बलिङ्ग तर्फ राजस्थानका लागि श्रेयस गोपालले २ विकेट हात पारे भने रयन पराग र धवल कुलकर्णीले पनि १/१ विकेट लिए ।

यसअघि राजस्थानको घरेलुमैदान सवाई मानसिंह स्टेडियम, जयपुरमा भएको खेलमा पाहुना टोलि दिल्लीले टस जितेर राजस्थानलाई पहिले ब्याटिंङ्गको निम्तो दिएको थियो । जसमा अजिंक्य रहाणेको सतकीय पारीको मद्दतमा टिमले निर्धारित २० ओवर पुरै खेल्दै ६ विकेटको क्षतिमा १ सय ९१ रनको ठुलो योगफल खडा गरेको थियो । ओपनरका रुपमा मैदान प्रवेश गरेका अजिंक्य रहाणेले अविजित रहदै १ सय ५ रनको योगदान गरेपछि टिम ठुलो योगफल तर्फ टिम अग्रसर भएको थियो । ६३ बलको सामना गरेका ११ चौका र ३ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै टिमका कप्तान स्टीवन स्मिथले पनि ५० रनको योगदान गर्दा स्टुअर्ट बिन्नीले पनि १९ रन जोडे ।

बलिङ्ग तर्फ दिल्लीका कगिसो रबाडाले २ विकेट लिए भने क्रिस मॉरिस ,एक्सर पटेल र ईशान्त शर्माले समान १/१ विकेट लिए ।

यता नेपालका शान सन्दिप लामिछाने राजस्थान बिरुद्दको खेलमा अन्तिम ११ मा पर्न असफल भएका थिए । अघिल्लो पंजाव बिरुद्दको उनको प्रदशनका हिसाबले गर्दा राजस्थान बिरुद्दको खेलमा निरन्तरता दिने बिस्वाश लिइएको भएपनि उनि टिममा परेनन्। पंजाव अघिका ३ खेल कोलकता, हैदराबाद र मुम्बई बिरुद्दको खेलमा बेन्चमै रहेका सन्दिपले पंजाव बिरुद्दको खेलमा निकै राम्रो बलिङ्ग गरेका थिए। केहि महँगा साबित् भएपनि उनले महत्वपुर्ण समयमा ठुला विकेट लिएका थिए । राम्रो लयमा ब्याटिंङ्ग गरिरहेका क्रिस गेल उनको बलमा आउट हुन् पुगेपछि दिल्ली खेलमा फर्किएको थियो।

उनले उक्त खेलमा आफ्नो ४ ओवरको स्पेलमा उनले ४० रन खर्चिएर महत्वपुर्ण ३ विकेट लिएका थिए । यो सगै उनले जारी प्रतियोगितामा ५ खेलबाट आफ्नो विकेट सङ्गख्या ८ पुराएका छन ।

अब प्रतियोगिता अन्तर्गत आज मङ्गगलबार एक खेल हुनेछ । नेपाली समय अनुसार राति सवा ८ बजेपछि हुने खेलमा चेन्नई सुपर किग्स ले हैदराबादको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *