क्रिकेटमा उदायमान मुलुक अफगानिस्तानले गर्यो विश्वकपको लागि टिम घोषणा

क्रिकेटमा उदायमान मुलुक अफगानिस्तानले गर्यो विश्वकपको लागि टिम घोषणा

बैशाख ९ , अनलाईन खेलखबर ।। मे ३० देखि जुलाई १४ सम्म ईङ्गल्याण्ड र वेल्समा हुन् गईरहेको आईसीसी एकदिवसीय बिश्वकपका लागि क्रिकेटको उदयमान मुलुक अफगानिस्तानले आज सोमबार आफ्नो टिमको घोषणा गरेको छ ।

बिश्वकपको मिति नजिकिदै गर्दा अहिले आईसीसी वरियतामा दशौँ स्थानमा रहेको अफगानिस्तानले आफ्नो टिमको घोषणा गरेको हो । अहिले बिश्वकपका लागि टिम घोषणा गर्ने क्रममा अन्तिम चरणमा पुगेको छ । भारत , अष्टेलिया , बंगालादेश , दक्षिण अफ्रिका , इंङ्गल्याण्ड , दक्षिण अफ्रिका ,पाकिस्तान , श्रीलका लगायतले आफ्नो टिमको घोषणा गरिसकेका छन । यसैबिचमा अफागानिस्तानले पनि आज आफ्नो १५ सदस्यीय टिमको घोषणा गरिएको हो ।

गुलबदीन नायबको कप्तानीमा रहेको टिममा मोहम्मद शहज़ाद, नूर अली ज़द्रान, हज़रतुल्लाह ज़ज़ई, रहमत शाह, असग़र अफ़गान, हशमतुल्ला शाहिदी, नजीबुल्लाह ज़द्रन, समुल्ला शिनवारी, मोहम्मद नबी, राशिद खान, दावत ज़द्रन, आफ़ताब आलम र हमीद अलीम रहेका छन ।

सन् २०१७ मा आईसिसि टेस्ट मान्यता पाएको अफगानिस्तानले यसअघि सन् २०१५ मा अष्टलिया र न्युजिल्याण्डमा भएको विश्वकपमा सहभागी भएको थियो । यसपछि अहिले अगगानिस्तानले दोस्रो पटक विश्वकपमा सहभागिता जनाउदै छ ।

पछिल्लो समय क्रिकेटको उदायमान राष्ट अफगानिस्तानको विश्वकप यात्रा कस्तो हुनेछ त्यो त्यसबेलानै थाहा हुनेछ । तर अहिले नियाल्दा अफगानिस्तानले जुनसुकै बेला ठुला भनिएका राष्टलाई हराउन सक्ने क्षमता भन्ने राख्छ ।

कुल १० टिमको सहभागिता रहने विश्वकप राउण्ड रोबिन र नक्आउटको आधारमा हुनेछ । ४८ खेल हुने बिश्वकपमा अफगानिस्तानले जुन १ मा अष्टेलिया सँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

श्रीलंकाको टिम विश्वकपको लागि श्रीलंकाको टोली घोषणा

दक्षिण अफ्रिकाको टिम विश्वकपको लागि दक्षिण अफ्रिकाको टिम घोषणा

ईङ्गल्याण्डको टिम विश्वकप आयोजक ईङ्गल्याण्डले पनि गर्यो टिम घोषणा

बंगलादेशको टिम बिश्वकपको लागि बंगलादेशले पनि गर्यो टिम घोषणा

भारतको टिम बिराट कोहलीको कप्तानीमा बिश्वकपका लागि भारतीय टोलीको घोषणा :

अष्ट्रेलियाको टिम बिश्वकपका लागि अष्ट्रेलिया टोलीको घोषणा : आरोन फिन्चले टिमको कप्तानी गर्ने

पाकिस्तानको टिम पाकिस्तानले पनि गर्यो विश्वकपका लागी टिमको घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *