निकै रोमाञ्चक बनेको खेलमा बैंङ्गलोरद्रारा चेन्नई माथि शनसनिपुर्ण जित
बैशाख ९ , अनलाईन खेलखबर ।। ईण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति सम्पन्न प्रतियोगिताको ३९ औँ खेलमा बिराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेंजर्स बैंङ्गलोरले मह्नेद्र सिह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किग्सलाई रोमाञ्चक अन्तिम सम्म गएको खेलमा शनसनिपुर्ण १ रनले पराजित गरेको हो ।
बैंगलोर सँग पराजित भएपनि चेन्नई अहिले पनि पहिलो स्थानमा यथावतनै रहेको छ । चेन्नईले १० खेलमा मात्र ३ मा पराजित हुन् पुग्दा ७ खेलमा जित निकाल्दै १४ अंकसहित अहिले अंकतालिकाको पहिलो स्थानमा रहेको छ । यता बैंगलोरको ठिक उल्टो अबस्था छ । १० खेलमा ७ मा पराजित हुँदा मात्र ३ खेलमा जित निकालेको छ । र अंकतालिकामा पुछारमा रहेको छ । यो सन् २०१४ पछि बैंगलोरको चेन्नईमाथि पहिलो जित हो ।
आईतबार राति भएको खेलमा बैंगलोरले प्रस्तुत गरेको १ सय ६२ रनको मध्यम लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको चेन्नई कप्तान महेन्द्र सिह धोनीको उत्कृष्ट ब्याटिंगको वाबुजित पराजित हुन् पुग्यो । रोमाञ्चक बनेको खेलमा चेन्नईले निर्धारित २० ओवरमा ८ विकेटको क्षतिमा १ सय ६० बनेपछि टिम मात्र १ रनले चुक्यो ।
टिमको लागि निकै महत्वपुर्ण ठुलो योगदान दिने क्रममा महेन्द्र सिह धोनीले ८४ रनको पारी खेले । ४८ बलको सामना गरेका उनले ५ चौका र ७ छक्काको मद्दतमा उक्त रन बनाएपनि अन्य खेलाडिहरुले निराशाजनक प्रदशन गरेपछि टिम पराजित हुन् पुग्यो ।
ईनिङ्गको पावर प्ले समाप्ति हुदा टिमको स्कोर ३२ रनमा टिमले आफ्ना ४ महत्वपुर्ण खेलाडीलाई सस्तैमा गुमाएको थियो । खराब सुरुवात गर्ने क्रममा सेन वाट्सन र फाफ डु प्लेसिसले समान ५/५ रन बनाएर आउट हुन् पुगे भने सुरेश रैना सुन्य रनमा आउट हुन् पुग्दा केदार ज्यादव ९ रन बनाएर पभेलियन फर्किएका थिए । धोनी पछि सम्झिन लायक अंबाती रायडूले २९ रनको योगदान गरेपनि जित नजिक पुगेर पनि चेन्नई पराजित हुन् पुग्यो ।
अन्तिम बलसम्म जितको खोजीमा रहेको चेन्नईलाई जितका लागि अन्तिम ओवरमा २६ रनको आबस्यकता थियो । बलिङ्गमा उमेश यादब थिए जसमा धोनीले ओवरको पहिलो बलमा चौका प्रहार गरे । यसपछि दोस्रो र तेस्रो बलमा छक्का प्रहार गरे , चौथोमा २ रन लिए र पाचौ बलमा धोंनिले फेरी अर्को छक्का प्रहार गरे । खेल निकै रोमाञ्चक बन्दै थियो अन्तिम बलमा चेन्नईलाई जितका लागि २ रन चाहिएको थियो । तर दुर्भाग्य धोनी अन्तिम बलमा आउट हुन् पुगे र खेल बैङ्गलोरले शनसनिपूर्ण तरिकाले आफ्नो पक्षमा पार्न सफल भयो ।
बलिङ्ग तर्फ बैंङ्गलोरका लागी डेल स्टेन र उमेश यादवले समान २/२ विकेट लिए भने नवदीप सैनी र युजवेंद्र चहलले पनि १/१ विकेट हात पारे ।
यसअघि बैंगलोरको घरेलु मैदान एम.चिन्नास्वामी स्टेडियममा भएको खेलमा पाहुना टोलि चेन्नईले टस जितेर बैंगलोरलाई पहिले ब्याटिंङ्गको निम्तो दिएको थियो । जसअनुसार निर्धारित २० ओवर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो ।
बैंगलोरका लागि प्राथिव पटेलले सर्बाधिक ५३ रनको योगदान दिए उनि खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका थिए । यस्तै एबी डिविलियर्सले २५ रन , अक्षदीप नाथले २४ र मोईन अलिले २६ रनको योगदान गरेका थिए ।
बलिङ्ग तर्फ चेन्नईका ;लागि दिपक चाहर ,रबिन्द्र जडेजा र डिजे ब्राबो ले समान २/२ विकेट लिए भने ईमरान ताहिरले १ विकेट लिए ।