आईपिएलमा आज दुई खेल हुँदै
बैशाख ८ , अनलाईन खेलखबर || विश्व क्रीकेटको सबैभन्दा ठुलो तथा चर्चित ईन्डियन प्रिमियर लिग (आइपिएल) को १२औ संस्करण अन्तर्गत आज आइतबार पनि दुई खेल हुदैछ ।
प्रतियोगिताको ३८ औं अर्थात आजको पहिलो खेल अबको केहिबेरपछि नेपाली समय अनुसार सवा ४ बजेपछि राजिव गान्धी रंगशालामा सनराइजर्स हैदराबाद र कोलकाता बिच हुदैछ । भने आज हुने दोस्रोखेलमा रोयल च्यालेन्जर्स बैङलोर र चेन्नई सुपर किग्स बिच चिन्नास्वामी
स्टेडियममा राती नेपाली समय अनुसार सवा ८ बजेपछि हुदैछ ।
चेन्नई अंक तालिकाको पहिलो स्थानमा छ भने बैङ्लोर अन्तिममा । बैङलोरको टिम विगत ५ वर्ष देखि चेन्नई माथी जित निकाल्न सकेको छैन । १८ मे, २०१४ मा अन्तिम पल्ट चेन्नई विरुद्ध बैङलोरले ५ विकेटले जित निकालेको थियो। त्यस पछि बैङ्लोर र चेन्नई बिच ७ खेल भईसकेको छ । जसमध्य सबै खेलमा जित महेन्द्र सिंह धोनीको टिम चेन्नई सुपर किग्सले हासिल गरेको छ ।
घरेलु मैदानमा चेन्नई विरुद्ध जित निकाल्ने मौका बैङलोरलाई :
चेन्नई अगाडि बैङलोरलाई केही अनौठो रणनीति अपनाउनु पर्छ। पछिल्लो खेलमा विराट कोहलीको टिम ७० रनमा अलआउट हुन पुगेको थियो , जुन खेलमा धोनीको टिम चेन्नइले ७ विकेटले जित निकालेको थियो। सो खेल चेन्नईको आफ्नै घरेलु मैदानमा भएको थियो।
आज आफ्नै घरेलु मैदानमा हुन गइरहेको खेलमा डेल स्टेनको फिर्तामा ब्याङलोर टिम अलिक बलियो हुन पुगेको छ र चेन्नईलाई घरेलु मैदानमा हराउने राम्रो मौका रहेको छ।
टिममा खेलाडीहरु :
रोयल च्यालेन्जर्स बैङ्लोर : विराट कोहली (कप्तान), पार्थिव पटेल (विकेटकीपर), एबी डिविलियर्स, कॉलिन डी ग्रैंडहोम, उमेश यादव, युजवेंद्र चहल, मोईन अली, शिमरॉन हेटमायर, शिवम दुबे, मोहम्मद सिराज, नवदीप सैनी, देवदत्त पल्लीकल, हिम्मत सिंह, मिलिंद कुमार, गुरकीरत सिंह मान, हेनरिच क्लासेन, पवन नेगी, वॉशिंगटन सुंदर, अक्षदीप नाथ, प्रयास बर्मन, कुलवंत खेजरोलिया, टिम साउदी, डेल स्टेन।
चेन्नई सुपर किग्स : महेंद्र सिंह धोनी (कप्तान), केएम आसिफ, सैम बिलिंग्स, चैतन्य बिश्नोई, ड्वेन ब्रावो, दीपक चाहर, फाफ डुप्लेसिस, ऋतुराज गायकवाड़, हरभजन सिंह, इमरान ताहिर, रविंद्र जडेजा, केदार जाधव, नारायण जगदीशन, स्कॉट कुगलिन, मोनू कुमार, सुरेश रैना, अंबाती रायडू, मिशेल सैंटनर, कर्ण शर्मा, ध्रुव शोरे, मोहित शर्मा, शार्दुल ठाकुर, मुरली विजय, शेन वॉटसन, डेविड विली।
सनराइजर्स हैदराबाद : केन विलियम्सन (कप्तान),भुवनेश्वर कुमार, डेविड वॉर्नर, अभिषेक शर्मा, जॉनी बेयर्स्टो, खलील अहमद, रिकी भुई, बासिल थम्पी, श्रीवत्स गोस्वामी, मार्टिन गुप्टिल, दीपक हुड्डा, सिद्धार्थ कौल, मोहम्मद नबी, शहबाज नदीम, टी. नटराजन, मनीष पांडे, यूसुफ पठान, राशिद खान, ऋद्धिमान साहा, संदीप शर्मा, विजय शंकर, शाकिब अल हसन और बिली स्टेनलेक।
कोलकाता नाइट राइडर्स : दिनेश कार्तिक (कप्तान), रॉबिन उथप्पा, क्रिस लिन, शुभमन गिल, नितिश राणा, आंद्रे रसेल, कार्लोस ब्रैथवेट, सुनील नरेन, पीयूष चावला, कुलदीप यादव, निखिल नाइक, जोए डेनली, श्रीकांत मुंडे, संदीप वारियर, प्रसिद्ध कृष्णा, लॉकी फर्गुसन, हैरी गर्नी, केसी करियप्पा, यारा पृथ्वीराज