सन्दिप फेरी चम्किए : सन्दीपको उत्कृष्ट कमब्याक

सन्दिप फेरी चम्किए : सन्दीपको उत्कृष्ट कमब्याक

बैशाख ७ ,अनलाईन खेलखबर ।। बिश्वको सबैभन्दा चर्चित तथा ठुलो क्रिकेट प्रतियोगिता ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत अहिले नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्स र किग्स ईलाभेन पंजावको बिचको खेल जारि रहेको छ ।

दिल्लीको घरेलु मैदान फ़िरोज़ शाह कोटलामा जारि खेलमा दिल्लीले टस जितेर पहिले फ़िल्डिङ्ग गर्ने निर्णय गरेको थियो । टस हारेर पहिले ब्याटिंङ्ग गरेको पन्जावले निर्धारित २० ओवर पुरै खेल्दै ७ विकेट गुमाएर १ सय ६३ रन बनाउँन सफल भयो ।

पंजावका लागि क्रिस गेलले सर्बाधिक ६९ रनको पारि खेले । ३७ बलको सामना गरेका उनले ६ चौका र ५ छक्काको मद्दतमा उक्त रन बनाएका थिए । राम्रो लयमा देखिएका क्रिस गेल सन्दिप लामिछानेको बलमा क्याच आउट हुन् पुगेका थिए । यस्तै टिमका लागि मन्दिप सिहले ३० तथा लोकेश राहुलले १२ र आश्विनले १६ रनको पारि खेले ।


बलिङ्ग तर्फ नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेले आज निकै राम्रो बलिङ्ग गरे । आफ्नो ४ ओवरको स्पेलमा उनले ४० रन खर्चिएर महत्वपुर्ण ३ विकेट लिएका थिए । यो सगै उनले जारी प्रतियोगितामा आफ्नो विकेट सङ्गख्या ८ पुराएका छन । आज उनले ईनिङ्गको दोस्रो , चौथो , १३ औं र १५ औ ओवर बलिङ्ग गरेका थिए ।

आफ्नो ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा नै केएल राहुलबाट छक्का खाएका थिए । तर त्यसपछि डट फालेका सन्दिपले तेस्रो बलमा चौका खाए । चौथो बलमा सन्दिपले टिमका लागि पहिलो सफलता दिलाउने क्रममा राहुललाई आउट गराएका थिए , पाचौ बलमा डट गरे भने अन्तिम बलमा १ रन खर्चिदै पहिलो ओवरमा १४ रन खर्चिएका थिए । यस्तै दोस्रो ओवरमा उनले १६ रन खर्चिए ।

यसपछि सफल ओवर साबित भएको सन्दिपको तेस्रो ओवरमा उनले ६ रन खर्चिएर महत्वपुर्ण २ विकेट चट्काएका थिए । ओवरको पहिलो बलमा छक्का बाट सुरुवात भएपनि दोस्रो बलमा उनले आक्रमक ब्याटिंग गरिरहेका क्रिस गेललाई आउट गराए । यसपछि सोहि ओवरको अन्तिम बलमा
सैम कर्रनलाई सुन्य रनमा पभेलियन फर्काईदिएका थिए । र आफ्नो अन्तिम ओवरमा उनले मात्र ७ रन खर्चिए । यो ओवरमा सन्दिपले एउटा अर्को विकेट लिने मौका सिर्जना गरेका थिए । मन्दिप सिंहले प्रहार गरेको बललाई रावाडाले क्याच आउट गर्न चुके ।

यस्तै दिल्लीका लागि रबाडाले र एक्सर पटेलले समान २/२ विकेट लिए ।

अब पंजावले दिएको १ सय ६४ रनको सम्मानजनक विजयी लक्ष्य पछ्याउदै दिल्लीले जवाफी ब्याटिंङ्ग गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *