कोहलपुरमा आर्मी र प्रदेश २ बिजयी हुदाँ भैरहवामा पुलिस र एपीएफ बिजयी

कोहलपुरमा आर्मी र प्रदेश २ बिजयी हुदाँ भैरहवामा पुलिस र एपीएफ बिजयी

बैशाख ७ , अनलाईन खेलखबर ।। नेपाली खेलकुदको महाकुम्भ आठौँ राष्टिय खेलकुद अहिले प्रदेश ५ का विभिन्न जिल्लाहरुमा जारी रहेको छ । जसमध्ये नेपालको लोकप्रिय खेल मध्यको एक क्रिकेट खेल अन्तर्गत पुरुष विधाको खेल कोहलपुर र भैरहवामा भईरहेको छ ।

जसमा आज चौथो दिनको समाप्तिमा ४ खेल भए । कोहलपुरमा भएको पहिलो खेलमा प्रदेश २ र त्रिभुवन आर्मी क्लब बिजयी भएको छ भने भैरहवामा भएको खेलमा नेपाल नेपाल पुलिस क्लब र शशस्त्र प्रहरी बल (एपिएफ ) बिजयी भएको छ ।

प्रस्ताविक कोहलपुर अन्तराष्टिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई २७ रनले पराजित गरेको थियो । खेलमा टस जितेर प्रदेश १ ले आर्मीलाई पहिले ब्याटिंङ्गको निम्तो दिएको थियो । जस अनुसार आर्मीले निर्धारित २० ओवर पुरै खेल्दै ९ विकेटको क्षतिमा ९५ रनको योगफल खडा गरेको थियो ।

आर्मीको लागि राजेश पुलामी मगरले सर्बाधिक २७ रनको पारी खेल्दा कुशल मल्लले २६ तथा एम कृष्णले १० रनको योगदान टिमका लागि गरेका थिए \

बलिङ्गमा प्रदेश नम्बर १ का लागि दिपेश कडेलले सर्बाधिक २ विकेट हात पार्दा फिर्दोश अन्सारी ,पुष्प थापा र श्नवण यादवले समान १/१ विकेट लिए ।

यसपछि जवाफी ब्याटिंङ्गमा उत्रिएको प्रदेश नम्बर १ १९ ओवरमा अलआउट हुदैँ ६८ रनमा सिमित भएपछी नतिजा आर्मीले आफ्नो पक्षमा पारेको थियो । प्रदेश १ का लागि दिपेश कडेल , मुकुन्द यादब र फिर्दोश अन्सारीको समान ११/११ रन बाहेक अन्य खेलाडीहरुले निराशाजनक प्रदशन गरेपछि टिम पराजित हुन पुग्यो ।

बलिङ्ग तर्फ राष्टिय खेलाडीहरुको बाहुल्यता रहेको आर्मीका लागी सुशन भारीले सर्बाधिक ५ विकेट लिए । खेलको प्लेयर अफ द म्याच समेत भएका उनले ४ ओवर बलिङ्ग गर्दै १७ रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै टिमका लागि शाहब आलमले ३ विकेट लिए भने सोमपाल कामीले पनि १ विकेट लिएका थिए ।

यस्तै कोहलपुर क्रिकेट मैदानमा आजै भएको दोस्रो खेलमा भने प्रदेश २ ले प्रदेश ३ लाई २१ रनले पराजित गर्न सफल भयो । खेलमा प्रदेश २ ले टस जित्दै पहिले ब्याटिंङ्ग गर्ने क्रममा निर्धारित २० ओवर पुरै ब्याटिंङ्ग गर्दै ९ विकेटको क्षतिमा ८६ रनको योगफल खडा गरेको थियो । २ का लागि हरि सङ्गखर शहहले १४ रन , बिबेक यादबले १० रन , तिर्थराज दासले ८ तथा बिशाल शिसलिङ् ले ७ रनको योगदान गरेका थिए ।

बलिङ्गमा प्रदेश ३ का संग्घर्ष पौडेलले २ विकेट लिए भनेसोनु तामाङ्ग , सोनु देवकोटा , नन्दन यादब र असिम श्रेष्ठले समान १/१ विकेट लिएका थिए ।

यसपछि प्रदेश २ ले दिएको ८७ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको प्रदेश ३ निर्धारित २० ओवर पुरै खेल्दै ६५ रनमा सिमित भएपछी खेल प्रदेश २ ले आफ्नो पक्षमा पारेको थियो । प्रदेश ३ का ;आगि सोनु तामाङ्गले १२ तथा हेमराज पौडेलले १४ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले उल्लेख्य योगदान दिन नसक्दा टिम निराश हुन पुग्यो ।

बलिंङ्गमा प्रदेश २ का लागि खेलको प्लेयर अफ द म्याच समेत भएका राहुल प्रताप शाह र कुमाए थापाले समान २/२ विकेट लिए भने सैफुल्ला अन्सारी र शम्साद शेखले पनि २/२ विकेट लिए ।

यस्तै भैरहवा स्थित सिद्दार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा प्रदेश ४ एपिएफ़ सँग ५ विकेटले पराजित हुन् पुग्यो भने दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लबले प्रदेश ७ लाई ४ विकेटले पराजित गरेको छ ।

अब प्रतियोगिता अन्तर्गत समुह चरणको अन्तिम खेल भोलि आईतबार हुनेछ । जसमा कोहलपुरमा हुने समुह”बि ” मा को खेलमा पहिलो खेल आर्मी र प्रदेश ३ बिच हुनेछ भने दोस्रो खेलमा प्रदेश १ ले ६ को सामना गर्नेछ । उता भैरहवामा समुह ” ए ” अन्तर्गत दिनको पहिलो खेलमा प्रदेश ४ ( गण्डकी ) ले ५ को सामना गर्नेछ भने दोस्रो खेलमा एपिएफ ले नेपाल पुलिसको सामना गर्नेछ ।

समुह को उत्कृष्ट २ टिम सेमिफाईनल प्रवेश गर्नेछन । सेमिफाईनल खेल १० गते र फाईनल ११ गते कोहलपुर क्रिकेट मैदानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *