नेपालको कसिलो बलिङ्गमा म्यानमारको ब्याटिंङ्ग ध्वस्त : नेपालले पायो झिनो चुनौती

नेपालको कसिलो बलिङ्गमा म्यानमारको ब्याटिंङ्ग ध्वस्त : नेपालले पायो झिनो चुनौती

बैशाख ७ , अनलाईन खेलखबर ।। आज देखि थाईल्याण्डमा सुरु भएको एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पीयन नेपालले अहिले म्यानमारको सामना गरिरहेको छ ।

जारी खेलमा टस जितेर म्यानमारले पहिले ब्याटिङ्ग गर्नेक्रममा १३.२ ओवरमा अलआउट हुदै ५८ मात्र रनमा सिमित भएको छ । नेपालको कसिलो बलिङ्गमा म्यानमारको ब्याटिङ्ग पुरै ध्वस्त हुन् पुग्यो । नेपालको कसिलो बलिङ्गमा कौंग हट्ट क्यॉ र क्रिस्टोफर बाहेक अन्य खेलाडीले खुलेर खेल्नै सकेनन । जसको प्रतिफल नेपालले अहिले निकै झिनो बिजयी लक्ष्य पाएको छ । कौंग हट्ट क्यॉले ईनिङ्गको सर्बाधिक धेरै रन बनाउने क्रममा १७ बलको सामना गर्दै ३ चौकाको मद्दतमा १९ रन बनाएका थिए । उनि अर्जुन कुमालको बलमा रन आउट हुन् पुगे । यस्तै क्रिस्टोफरले ११ रन बनाए ।

बलिङ्गमा नेपालका लागि टिमका कप्तान बिशाल बिक्रम केसीले ५ ओवर बलिङ्ग गर्दै २१ रन खर्चिएर सर्बाधिक ४ विकेट लिए । म्यानमारका ४ खेलाडि रन आउट भएको खेलमा रमेश कुर्मी र निखिल कुमार सिहले पनि १/१ विकेट नेपालका लागि लिएका थिए ।

अब म्यानमारले दिएको ५९ रनको झिनो बिजयी चुनौती पछ्याउदै नेपालले केहिबेरपछि जवाफी ब्याटिङ्ग गर्नेछ ।

उपाधि लगातार दोस्रो पटक उचाल्ने लक्ष्य सहित थाईल्याण्ड पुगेको नेपाली अन्डर सिक्टिन टिम यसपटकको पनि प्रमुख दाबेदार र बलियो टिम हो । त्यसको संङ्गकेत् नेपालले देखाउन सुरुवात गरिसकेको छ ।

कुल ८ टिमको सहभागिता रहने यो प्रतियोगितामा प्रतियोगिता लाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक थाईल्याण्ड , मलेसिया र म्यानमार रहेको छ । भने समूह ‘बी’ मा सिंगापुर, हङकङ,भुटान र चिन रहेका छन् ।

नेपालले अब यो पछि आफ्नो दोस्रो खेलमा २४ तारिखमा मलेसियाको सामना गर्नेछ भने समूह चरणको अन्तिम खेलमा आयोजक थाईल्यान्डसँग २५ तारिखमा प्रतिष्पर्दा गर्नेछ ।

समूह चरणबाट पहिलो र दोश्रो स्थान हासिल गर्ने टोली प्रतियोगिताको सेमीफाइनलमा पुग्नेछन । सेमीफाइनल खेल २७ तारिखमा हुनेछ भने फाइनल खेल २८ तारिखमा हुनेछ ।

नेपालले यसअघि सन् २०१७ मा मलेसियामा भएको प्रतियोगितामा सिंगापुरलाई पराजित गर्दै उपाधि उचालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *