सन्दिपको टिम दिल्लीलाई आज अघिल्लो हारको बदला लिने सुनौलो मौका
बैशाख ७ ,अनलाईन खेलखबर ।। बिश्वको सबैभन्दा चर्चित तथा ठुलो क्रिकेट प्रतियोगिता ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत आज नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सले आफ्नो १० औँ खेलमा किग्स ईलाभेन पंजावको सामना गर्नेछ ।
खेल नेपालि समय अनुसार आज राति सवा ८ बजेपछि दिल्लीको घरेलु मैदान फ़िरोज़ शाह कोटला स्टेडियममा हुनेछ । यसअघि प्रतियोगितामा दिल्ली र पंजावको भेट भईसकेको अबस्था छ । जसमा पंजावले १४ रनले बाजी पारेको थियो । पंजावको घरेलु मैदान मोहालिमा भएको खेलमा टस हारेर पंजावले सुरुमा ब्याटिंग गर्दै निर्धारित २० ओवर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय ६६ रनको योगफल खडा गरेको थियो ।
यसपछि पन्जावले दिएको मध्यम लक्ष्य पछ्याएर जवाफी ब्याटिंङ्ग गरेको दिल्ली १९.२ ओवरमा अलआउट हुन् पुगेपछि टिम पंजाव सँग पराजित भएको थियो ।
यस अर्थमा दिल्लीले सो हारको बदला आज आफ्नै मैदानमा लिन चाहन्छ भने पंजावले दोस्रो पटक दिल्लीलाई निराश बनाउने रणनीतिका साथ् मैदान उत्रिने छ ।
अहिले सम्म दिल्लीले प्रतियोगितामा ९ खेल खेल्दै ५ मा जित र ४ खेलमा हार व्यहोर्दै १० अंकसहित अकतालिकामाको तेस्रो स्थानमा स्थानमा रहेको छ । भने पंजाव पनि समान ९ खेल बाट ५ मा जित र ४ मै हार व्यहोर्दै १० अंकसहित अहिले अकतालिकामा चौथो स्थानमा रहेको छ । दिल्ली र पन्जावको समान अंक भएपनि नेट रनरेटमा दिल्ली माथि रहदै तेस्रो स्थानमा रहेको हो ।
दिल्लीले पहिलो खेलमा मुम्बई ईण्डियन लाई ३७ रनले पराजित गर्दै प्रतियोगिताको सुरुवात राम्रो तरिकाले गरेको थियो । दोस्रो खेलमा भने चेन्नई संग दिल्ली ६ विकेटले पराजित हुन् पुग्यो । तेस्रो खेलमा कोलकतालाई सुपर ओवरमा ३ रनले जित हासिल गर्यो भने चौथो खेलमा दिल्ली पंजाव संग १४ रनले पराजित हुन् पुग्यो ।
यसपछि पाचौ खेलमा हैदराबाद संग ५ विकेटले पराजित हुन् पुग्दा छठौ खेलमा दिल्लीले बैंगलोरलाई ४ विकेटले पराजित गरेको थियो । सातौ खेलमा कोलकतालाई ७ विकेटले दिल्लीले पराजित गरेको थियो भने दिल्लीले आफ्नो आठौ खेलमा हैदराबादलाई ३९ रनले पराजित गरेको थियो । भने अघिल्लो खेलमा दिल्ली मुम्बई ईण्डियन सँग ४० रनले पराजित हुन् पुगेको थियो । भने यता पंजावले अघिल्लो खेलमा राजस्थानलाई १२ रनंले पराजित भएको थियो ।
आजको खेल दुवै टिमका लागि उत्तिकै मह्त्वपूर्ण रहेको छ । रोमाञ्चक बन्ने सम्भावना रहेको खेलमा दुवै टिम स्पष्ट जितको खोजीमा रहने छन । यो खेल जित्ने टिम प्ले अफ समिकरणको नजिक पुग्नेछ ।
यता दिल्लीमा नेपालका शान सन्दिप लामिछानेलाई आजको खेलमा दिल्लीले स्थान दिन्छ या दिदैन त्यो हेर्न बाकि रहेको छ । अघिल्ला ३ खेल कोलकता हैदराबाद र मुम्बई बिरुद्दको खेलमा उनि बेन्चमै रहेका थिए । उनले अहिले सम्म ४ खेल बाट ५ विकेट लिईसकेको अबस्था छ ।