नेपाल र म्यानमार बिचको खेल सुरु : बलिङ्गमा नेपाल

नेपाल र म्यानमार बिचको खेल सुरु : बलिङ्गमा नेपाल

बैशाख ७ , अनलाईन खेलखबर ।। आज देखि थाईल्याण्डमा सुरु भएको एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पीयन नेपालले अहिले म्यानमारको सामना गरिरहेको छ ।

जारि खेलमा अहिले टस जितेर म्यानमारले पहिले ब्याटिङ्ग गरिरहेको अवस्था छ ।


उपाधि लगातार दोस्रो पटक उचाल्ने लक्ष्य सहित थाईल्याण्ड पुगेको नेपाली अन्डर सिक्टिन टिम यसपटकको पनि प्रमुख दाबेदार र बलियो टिम हो ।

नेपालको टिम केहि दिन अघि युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा राष्ट्रिय खेलकुदको परिषदको समन्वयमा र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको ब्यबस्थापनमा काठमाण्डौ किर्तिपुर स्थित त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा भएको यु -१६ स्कुल क्रिकेट प्रतियोगिताको आधारमा तयार गरिएको हो ।
यसै प्रतियोगितालाई आधार मानेर उत्कृष्ट खेलाडीलाई लिदै अन्तिम तयारिको प्रदशनको आधारमा खेलाडीहरुलाई टिममा छनोट गरिएको हो ।

यसबाट टिमको कप्तानीको जिम्मा विशाल विक्रम केसीलाई दिईएको छ । यस्तै टिममा उनि सँगै आशिष ठाकुर, प्रसान्त महत, अर्जुन कुमाल, दिपक बोहोरा, सुवास ऐयर, निखिलकुमार संह, विशालकुमार पटेल, क्रिस कार्की, तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज बिक,सुसान्त थापा र प्रसान्त सिंह रहेका छन ।

कुल ८ टिमको सहभागिता रहने यो प्रतियोगितामा प्रतियोगिता लाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक थाईल्याण्ड , मलेसिया र म्यानमार रहेको छ । भने समूह ‘बी’ मा सिंगापुर, हङकङ,भुटान र चिन रहेका छन् ।

नेपालले अब यो पछि आफ्नो दोस्रो खेलमा २४ तारिखमा मलेसियाको सामना गर्नेछ भने समूह चरणको अन्तिम खेलमा आयोजक थाईल्यान्डसँग २५ तारिखमा प्रतिष्पर्दा गर्नेछ ।

समूह चरणबाट पहिलो र दोश्रो स्थान हासिल गर्ने टोली प्रतियोगिताको सेमीफाइनलमा पुग्नेछन । सेमीफाइनल खेल २७ तारिखमा हुनेछ भने फाइनल खेल २८ तारिखमा हुनेछ ।

नेपालले यसअघि सन् २०१७ मा मलेसियामा भएको प्रतियोगितामा सिंगापुरलाई पराजित गर्दै उपाधि उचालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *