बिराटको सतकीय पारीको मद्दतमा बैंगलोरको कोलकतामाथि रोमाञ्चक जित
बैशाख ७ , अनलाईन खेलखबर ।। बिराट कोहलीको सतकिय पारीको मद्दतमा रॉयल चैलेंजर्स बैंगलोरले गएराती सम्पन्न प्रतियोगिताको ३५ औँ खेलमा कोलकाता नाइट राइडर्समाथि रोमाञ्चक बनेको खेलमा १० रनले बिजयी भएको छ ।
यो बैंगलोरको जारी प्रतियोगितामा दोस्रो जित हो । प्ले अफ पुग्ने सम्भावना लगभग सकिसकेको बैंङ्गलोर अहिले ९ खेलमा २ मा जित र ७ खेलमा पराजित हुदैं अहिले अंकतालिकाको पुछारमा रहेको छ । भने कोलकता समान ९ खेलबाट ४ खेलमा जित निकाल्दै ८ अंकसहित अंकतालिकाको छठौ स्थानमा रहको छ ।
रोमाञ्चक बनेको खेलमा बैंगलोरले दिएको २ सय १४ रनको बिशाल लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको कोलकता लक्ष्य नजिक पुगेर पनि लक्ष्य भेटाउन चुक्यो । टिमका लागि नितिश राना र एन्द्रे रसेलले ५ विकेटको लागि १ सय १८ रनको साझेदारी गरेपछि टिमले निर्धारित २० ओवर पुरै खेल्दै २ सय ३ बनाउन सफल भएको थियो । सुरुवाती ४ खेलाडिलाई ११.५ ओवर भित्र टिमको स्कोर ७९ रनमा गुमाएको थियो ।
जसमा क्रिस लिनलाई १ रन , सुनील नारायणलाई १८ , शुबमन गिललाई ९ र रॉबिन उथप्पालाई पनि ९ रनमा गुमाएको थियो । यसपछि टिमको ईनिङ्ग उकास्ने क्रममा एन्दे रसेलले ६५ तथा नितिश रानाले ८५ रनको योगदान गरे । अविजित रहेका नितिशले ईनिङ्गको सर्बाधिक धेरै रन बनाउने क्रममा ४६ बलको सामना गर्दै ९ चौका र ५ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।
बलिङ्ग तर्फ बैंगलोरका लागि डेल स्टेनले सर्बाधिक २ विकेट हात पारे भने मार्कस स्टोनिस र नभदिप साईनिले समान १/१ विकेट लिन सफल भए ।
यसअघि कोलकताको घरेलु मैदान ईडेन ग्राडेनमा भएको खेलमा कोलकताले टस जितेर पाहुना टोलि बैंगलोरलाई पहिले ब्याटिंङ्ग गर्ने निम्तो दिएको थियो । जसअनुरुप टिमका कप्तान बिराट कोहलीको सतकिय पारी र मोईन अलिको उत्कृष्ट ब्याटिंङ्गको मद्दतमा बैंगलोरले निर्धारित २० ओवरमा मात्र ४ विकेट गुमाएर २ सय १३ रनको बिशाल योगफल खडा गरेको थियो ।
बिराटले ५८ बलको सामना गर्दै ९ चौका र ४ छक्काको मद्दतमा १ सय रनको पारी खेले । चौथो विकेटका रुपमा पभेलियन फर्किएका उनि अघि मोईन अलि ६६ रन बनाएर आउट हुन् पुगेका थिए । यस्तै टिमका सुरुवाती अवस्थामा प्राथिव पटेलले ११ रन र अक्षदीप नाथले १३ रन बनाएर आउट भए । यस्तै मार्कस स्टोइनिसले अविजित रहदै १७ रन जोडेका थिए ।
बलिङ्गमा कोलकताका लागि हैरी गुरनी ,प्रसाद कृष्णा, सुनिल नारायण र एन्द्रे रसेलले समान १/१ विकेट लिन सफल भएका थिए ।
यस्तै प्रतियोगिता अन्तर्गत् आज दुई खेल हुदैछन । नेपालि समय अनुसार दिउसो सवा ४ बजेपछि हुन् दिनको पहिलो खेलमा राजस्थानले मुम्बई ईण्डियनको सामना गर्नेछ भने राति सवा ८ बजेपछि नेपालका युवा खेलाडि सन्दिप लामिछाने आबद्द भएको दिल्लीले किग्स ईलाभेन पंजावको सामना गर्नेछ ।