पाकिस्तानले पनि गर्यो विश्वकपका लागी टिमको घोषणा
बैशाख ५ , अनलाईन खेलखबर ।। मे ३० देखि जुलाई १४ सम्म ईङ्गल्याण्ड र वेल्समा हुन् गईरहेको आईसीसी एकदिवसीय बिश्वकपका लागि अहिले एकदिवसीय वरियतामा छ्ठौ स्थानमा रहेको पाकिस्तानले आज बिहिवार आफ्नो टिमको घोषणा गरेको छ ।
बिश्वकपको मिति नजिकिदै गर्दा अहिले टिमहरुले आफ्नो टिमको घोषणा गर्ने क्रम सुरु जारी रहेको छ । जसमा अब केहिले मात्र गर्न बाकि रहेको छ । भारत , अष्टेलिया , बंगालादेश , दक्षिण अफ्रिका , इंङ्गल्याण्ड , दक्षिण अफ्रिका लगायतले आफ्नो टिमको घोषणा गरिसकेका छन । यसैबिचमा पाकिस्तानले पनि आज आफ्नो १५ सदस्यीय टिमको घोषणा गरिएको छ ।
सरफराज अहमदको कप्तानीमा रहेको पाकिस्तानि टिममा आबिद अली,बाबर आज़म,फहीम अशरफ,फखर जमान,हारिस सोहेल,हसन अली,इमाद वसीम,इमाम उल हक,जुनैद खान,मोहम्मद हफीज,मोहम्मद हसनैन,शादाब खान,शाहीन शाह अफरीदी र शोएब मलिक रहेका छन ।
पाकिस्तानी टिमले बिश्वकप अहिले सम्म आईपुग्दा एक पटक उपाधि उचालेको छ । जुन सन् १९९२ मा रहेको थियो यसपछि १९९९ मा उपबिजेता भएको थियो । यसपछिका बाकि सस्करणमा पाकिस्तानले सन्तोषजनक प्रदशन गर्न सकेको छैन । बर्तमान अबस्थामा श्रीलंका पहिलेको जस्तो अबस्थामा छैन खस्कदो क्रममा रहेको छ । यसअर्थमा पुरानो छाप बुत्याउन यसपटक विश्वकप पाकिस्तानलाई पनि बिशेष रहने छ ।
श्रीलंकाको टिम विश्वकपको लागि श्रीलंकाको टोली घोषणा
दक्षिण अफ्रिकाको टिम विश्वकपको लागि दक्षिण अफ्रिकाको टिम घोषणा
ईङ्गल्याण्डको टिम विश्वकप आयोजक ईङ्गल्याण्डले पनि गर्यो टिम घोषणा
बंगलादेशको टिम बिश्वकपको लागि बंगलादेशले पनि गर्यो टिम घोषणा
भारतको टिम बिराट कोहलीको कप्तानीमा बिश्वकपका लागि भारतीय टोलीको घोषणा :
अष्ट्रेलियाको टिम बिश्वकपका लागि अष्ट्रेलिया टोलीको घोषणा : आरोन फिन्चले टिमको कप्तानी गर्ने