onlinekhelkhabar.com

Complete website for Nepali Sports News

विश्वकपको लागि श्रीलंकाको टोली घोषणा

बैशाख ५ , अनलाईन खेलखबर ।। मे ३० देखि जुलाई १४ सम्म ईङ्गल्याण्ड र वेल्समा हुन् गईरहेको आईसीसी एकदिवसीय बिश्वकपका लागि अहिले एकदिवसीय वरियतामा आठौँ स्थानमा रहेको श्रीलंकाले आज बिहिवार आफ्नो टिमको घोषणा गरेको छ ।

बिश्वकपको मिति नजिकिदै गर्दा अहिले टिमहरुले आफ्नो टिमको घोषणा गर्ने क्रम सुरु जारी रहेको छ । जसमा अब केहिले मात्र गर्न बाकि रहेको छ । भारत , अष्टेलिया , बंगालादेश , पाकिस्तान , इंङ्गल्याण्ड , दक्षिण अफ्रिका लगायतले आफ्नो टिमको घोषणा गरिसकेका छन । यसैबिचमा श्रीलंकाले पनि आज आफ्नो १५ सदस्यीय टिमको घोषणा गरिएको छ ।

जसमा दिमुथ करुणारत्नेले टिमको कप्तानी गर्नेछन । उनि सगै टिममा अविष्का फर्नांडो, लाहिरु थिरिमाने, कुसल परेरा , कुसल मेंडिस, धनंजया डी सिल्वा, जीवन मेंडिस, मिलिंडा सिरियाना, एंजेलो मैथ्यूज, थिसारा परेरा, इसुरु उडाना, लसिथ मलिंगा, सुरंगा लकमल र जेमल सिन्गला रहेका छन ।

सन् १९९६ मा पहिलो पटक उपाधि उचालेको श्रीलंकाले यसपछि २ पटक सन् २००७ र २०११ मा उप-बिजेता भएको थियो । बर्तमान अबस्थामा श्रीलंका पहिलेको जस्तो अबस्थामा छैन खस्कदो क्रममा रहेको छ । यसअर्थमा पुरानो छाप बुत्याउन यसपटक विश्वकप श्रीलंकालाई पनि बिशेष रहने छ ।

दक्षिण अफ्रिकाको टिम विश्वकपको लागि दक्षिण अफ्रिकाको टिम घोषणा

ईङ्गल्याण्डको टिम विश्वकप आयोजक ईङ्गल्याण्डले पनि गर्यो टिम घोषणा

बंगलादेशको टिम बिश्वकपको लागि बंगलादेशले पनि गर्यो टिम घोषणा

भारतको टिम बिराट कोहलीको कप्तानीमा बिश्वकपका लागि भारतीय टोलीको घोषणा :

अष्ट्रेलियाको टिम बिश्वकपका लागि अष्ट्रेलिया टोलीको घोषणा : आरोन फिन्चले टिमको कप्तानी गर्ने

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *