onlinekhelkhabar.com

Complete website for Nepali Sports News

विश्वकपको लागि दक्षिण अफ्रिकाको टिम घोषणा

बैशाख ५ , अनलाईन खेलखबर ।। मे ३० देखि जुलाई १४ सम्म ईङ्गल्याण्ड र वेल्समा हुन् गईरहेको आईसीसी एकदिवसीय बिश्वकपका लागि अहिले एकदिवसीय वरियतामा चौथो स्थानमा रहेको दक्षिण अफ्रिकाले आज बिहिवार आफ्नो टिमको घोषणा गरेको छ ।

बिश्वकपको मिति नजिकिदै गर्दा अहिले टिमहरुले आफ्नो टिमको घोषणा गर्ने क्रम सुरु जारी रहेको छ । जसमा अब केहिले मात्र गर्न बाकि रहेको छ । भारत , अष्टेलिया , बंगालादेश , पाकिस्तान , इंङ्गल्याण्ड , श्रीलका लगायतले आफ्नो टिमको घोषणा गरिसकेका छन । यसैबिचमा दक्षिण अफ्रिका ले पनि आज आफ्नो १५ सदस्यीय टिमको घोषणा गरिएको छ ।

फाफ डू प्लेसीको कप्तानिमा रहेको टिममा जेपी डुमिनी, डेविड मिलर, हाशिम अमला, डेल स्टेन, एंडिले फेलुकवायो, इमरान ताहिर, कगिसो रबाडा, ड्वेन प्रिटोरियस, क्विंटन डी कॉक, एनरिक नॉर्टजे, लुंगी एनगिडी, एडेन मार्कराम, रसी वैन डर डुसेन र तबरेज शम्सी रहेका छन ।

यसरी नियाल्दा टिम धेरै सन्तुलन देखिएको छ । दक्षिण अफ्रीकाले आफ्नो पहिलो खेलमा आयोजक ईङ्गल्याण्डको सामना गर्नेछ । जुन खेल मे ३० तारिखमा हुनेछ । १२ सस्करण सम्म आईपुग्दा दक्षिण अफ्रीकाले अहिले सम्म फाईनल प्रबेश गरेको छैन । यसकारण दक्षिण अफ्रीकाका लागि यसपटक को विश्वकप निकै महत्वपुर्ण रहेको छ र नयाँ ईतिहास बनाउन दक्षिण अफ्रीका आतुर छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *