कोहलपुर क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको मैदानमा विकास गरिने मन्त्री विश्वकर्माको घोषणा
बैशाख ५ , अनलाईन खेलखबर ।। अहिले प्रदेश ५ का विभिन्न जिल्लाहरुमा खेलकुदको महाकुम्भ आठौ राष्टिय खेलकुद जारी रहेको अबस्था छ । यसैबीचमा क्रिकेट पुरुष विधाको खेलहरु प्रस्तावित् अन्तराष्टिय कोहलपुर क्रिकेट मैदानमा भईरहेको छ । अहिले पूरुष क्रिकेटको समुह ‘बि’ को खेलहरु कोहलपुरमा भइरहेको छ। र अर्को समुहको खेल भने भैरहवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा जारि रहेको छ ।
समुह चरण पछि बाकि खेल सबै कोहलपुर क्रिकेट मैदानमै हुनेछ । आठौ खेलकुदको पुरुष क्रिकेटको आयोजना गरेको कोहलपुर क्रिकेट मैदान अहिले निकैनै राम्रो स्थिति र मनमोहक तथा सुन्दर देखिएको छ ।
यसैबिचमा बुधवार पुरुष क्रिकेटको उद्घाटन कोहलपुर् क्रिकेट मैदानमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले गरेका थिए । उनले उक्त उद्घाटन सत्रमा आफ्नो कुराहरु राख्ने क्रममा कोहलपुर क्रिकेट मैदानलाई अन्तराष्टिय स्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने घोषणा गरेका थिए । त्यसका लागि आर्थिक वर्षमा कोहलपुर क्रिकेट मैदानकालागि थप बजेट विनियोजन गरिने बताए ।
उनले थप्दै ‘कोहलपुर मैदानको विकासकालागी स्थानिय निकायबाट भएको प्रयास श्रहानिय छ’उनले खुलेरै प्रशंशा गरे । यस्तै यसको थप विकासकालागि हामी सबै जिम्मेवार हुन आबस्यक रहेको भन्दै उनले नेपाली क्रिकेटले विश्वभर कमाएको ख्यातीको प्रशंशा समेत गरेका थिए ।
अहिले प्रतियोगिता भब्य र सम्भ्य तरिकाले संचालन भईरहेको छ । पुरुष क्रिकेटमा कुल १० टिमको सहभागिता रहेको छ । जसलाई २ वटा समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा शशस्त्र प्रहरी बल ( एपीएफ ) , नेपाल पुलिस क्लब, प्रदेश-५ , प्रदेश-७ र प्रदेश-४ ( गण्डकी ) रहेका छन् भने समुह ‘बि’ मा त्रिभुवन आर्मी क्लब, प्रदेश-३, प्रदेश-६ , प्रदेश-२ र प्रदेश-१ रहेका छन्।