onlinekhelkhabar.com

Complete website for Nepali Sports News

टी ट्वान्टी विश्वकप क्रिकेट छनोटको खेल तालिका सार्वजनिक

बैशाख ५ ,अनलाईन खेलखबर ।। सन् २०२० मा अष्ट्रेलियामा हुने आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको छनोट अन्तर्गत एसिया फाइनल छनोटको खेल तालिका आज सार्वजनिक भएको छ।

यहि आउदो जुलाई २२ देखि २८ सम्म सिंगापुरमा हुने प्रतियोगितामा आयोजक सिगापुर सहित नेपाल, कतार, मलेसिया र कुबेत रहेको छ । खेल तालिका अनुसार नेपालले २३ जुलाईमा कतार बिरुद्द खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । भने जुलाई २४ मा मलेसियाको सामना गर्नेछ । यस्तै तेस्रो खेलमा जुलाई २७ मा कुबेतको सामना गर्नेछ भने अन्तिममा आयोजक सिगापुर सँग जुलाई २८ मा नेपालले खेल्नेछ ।

प्रतियोगिताको शिर्षस्थानमा आउने टोलीले बिश्वकप छनोटको अन्तिम खुडकिलोको रुपमा रहेको ग्लोबल छनोटमा सहभागिता जनाउने छ । जुन प्रतियोगिता युएईमा आयोजना हुनेछ । १४ टिम सहभागी ग्लोबल टी ट्वान्टी छनोटबाट उत्कृष्ट ६ टिमले आगामी वर्षको अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउने छन ।

यसअघि मलेसियामा भएको बिश्वकप छ्नोटको पहिलो चरणमा रहेको एसिया ( पूर्वी ) छ्नोट प्रतियोगितामा नेपाल प्रतियोगिताको च्याम्पियन बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

कुल ७ टिम सहभागिता रहेको छ्नोट प्रतियोगिताको अंकतालिकाको सिर्षस्थानको टोलि लाई च्याम्पियन को रुपमा मानिएको थियो । नेपाल प्रतियोगिता भर अपराजित रह्दै एसिया फाइनल छनोट प्रतियोगिताको लागि छनोट समेत भएको हो । भने प्रतियोगिताको प्राबधान अनुसार नेपाल सहित अंकतालिकामा दोस्रोमा रहेको सिगापुर र तेस्रोमा रहेको मलेसिया नेपाल सगैँ बिश्वकप छ्नोटको यो चरण सम्म आईपुगेका हुन् ।

यी १४ देश मध्ये शीर्ष ६ मा स्थान बनाउने टोली विश्वकपका लागि छनोट हुनेछ । कठिन बाटो छ तर नेपालको लागि भने पक्कै राम्रो अवसर हुनेछ । नेपालले यसअघि एक पटक विश्वकपमा सहभागी जनाईसकेको छ ।

सन् २०१४ मा बंगलादेशमा भएको टी ट्वान्टी विश्वकपमा नेपाल खेलेको थियो । जसमा नेपालले हंगकंग र अफगानिस्तान माथि शानदार जितसमेत हासिल गरेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *