नेपालको अर्को शानदार जित : कुवेत ८ विकेटले पराजित

नेपालको अर्को शानदार जित : कुवेत ८ विकेटले पराजित

बैशाख ५ , अनलाईन खेलखबर ।। मलेसियामा भएको अन्डर नाईण्टिन बिश्वकप् एसिया छनोट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले आज कुबेतलाई ८ विकेटले पराजित गरेको छ ।

खेलमा कुबेतले दिएको १ सय ५८ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ्ग गरेको नेपालले उक्त बिजयी लक्ष्य २८ ओवरमा मात्र २ विकेट गुमाएर भेटायो । नेपालको जितमा रित गौतमले ६२ तथा पवन सरार्फले ५३ रनको योगदान गरे भने आशिफ शेखले अविजित ३३ रन जोडेपछि कुबेत माथि नेपालले शानदार जित हासिल गरेको हो । यस्तै सन्दिप जोरा पनि ५ रनमा अविजित रहे ।

बलिङ्गमा कुबेतका लागि अब्दुल सादिक र हमौद अमानुल्लाहले समान १/१ विकेट लिएका थिए ।


यस अघि मलेसियाको राजधानी क्वालालम्पुर स्थित किनरारा एकेडेमी ओभलको क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले फ़िल्डिङ्ग गर्ने निर्णय गर्दै कुबेतलाई पहिले ब्याटिङ्गको निम्तो दिएको थियो ।

जसअनुसार कुबेत ४९.५ ओवरमा अलआउट हुदैं १ सय ५७ रन बनाएको छ । खराब सुरुवात गरेको कुबेतले तेस्रो विकेटका लागि ७४ रनको साझेदारी हुन् पुगेपछि कुबेतले नेपाल सामु संम्मानजनक लक्ष्य प्रस्तुत गरेको थियो । गोकुल कुमार र नोमान बद्रू बिच यो साझेदारी हुन् पुगेको हो । गोकुल सुर्य तामाङ्गको बलमा ३६ रन बनाएर आउट हुन् पुगे । ६६ बलको सामना गरेका उनले ५ चौका प्रहार गर्दै उक्त रन बनाएका थिए ।

यसअघि ४.१ ओवरमा टिमको स्कोर १५ रन हुदाँ टिमले मित भाभसरलाई १० रन र कप्तान अब्दुल शादिकलाई सुन्य रनमा गुमाएको थियो । नोमान बद्रूले ईनिङ्गको सर्बाधिक ७० रनको पारी खेले । १२० बलको सामना गरेका उनले ८ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै हमौद अमानुल्लाहले पनि १७ रन बनाए ।

बलिङ्ग तर्फ नेपालका कप्तान रोहित कुमाए पौडेलले उत्कृष्ट बलिङ्ग गर्ने क्रममा ३ ओवरमा १३ रन खर्चिएर ३ विकेट लिन सफल भएका थिए । यस्तै राशिद खान , सुर्य तामाङ्ग र कुशल मल्लले समान २/२ विकेट लिएका थिए ।

मलेसियामा भएको बिश्वकप् एसिया छनोट प्रतियोगितामा पहिलो स्थान हासिल गर्दै युएई अर्को बर्ष दक्षिण अफ्रिकामा हुने अन्डर नाईण्टिन विश्वकपको लागि छनोट भएको छ ।

फ़ाईल फोटो

आज भएको निर्णायक खेलमा युएईले ओमानलाई १० विकेटले पराजित गरेपछि प्रतियोगितामा सबै खेलमा जित निकाल्दै युएईले यसपटकको विश्वकपको टिकट पक्का गरेको हो । क्वालालाम्पुर स्थित वायुमास ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ओमानले पहिले ब्याटिंग गर्दै ४३.३ ओवरमा अलआउट हुदैँ १ सय ५ रनमा सिमित भएको थियो ।

यसपछि ओमानले दिएको १ सय ६ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंग गरेको युएईले उक्त बिजयी लक्ष्य १२.१ ओवरमा विना विकेटको क्षतिमा भेटायो । युएईलाई महत्वपुर्ण खेलमा जित दिलाउन आर्यन लकड़ा र सैयद हैदर अविजित रहदै क्रमश : ५१ र ५६ रनको योगदान गरे ।

विश्वकपमा छनोट हुन् नेपालले आफ्नो अन्तिम खेलमा कुबेतलाई पराजित गर्दै ओमान र युएई बिचको खेलमा युएई पराजित भएको खण्डमा मात्र नेपाल विश्वकपका लागि छनोट हुने थियो तर यस्तो हुन सकेन यसअर्थमा विश्वकप खेल्ने लक्ष्य सहित मलेसिया पुगेको नेपाल निराश हुदै घर फर्किन बाध्य भएको छ ।

मलेसियामा नेपालले आफ्नो दाबेदारीलाई प्रस्तुत गर्ने क्रममा निकै राम्रो प्रदशन गरेको भएपनि दुर्भाग्यपूर्ण नेपालको राम्रो खेल्दाखेल्दै पनि यसपटकको बिश्वकप गुमाएको छ ।

प्रतियोगितामा पहिलो खेलमा सिगापुरलाई २ सय १७ रनले पराजित गर्दै प्रतियोगिताको ठोस सुरुवात गरेको नेपालको दुर्भाग्य दोस्रो खेल युएई बिरुद्द हुन् पुग्दा टिमले विश्वकप खेल्ने सपना अधुरोनै रहयो ।

नेपाललाई विश्वकप बाट बन्चित गराएको युएई बिरुद्दको त्यो खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ्ग गर्नेक्रममा निर्धारित ५० ओवरमा अलआउट हुदै २ सय ४७ रनको योगफल खडा गएको थियो ।

यसपछि नेपालले पेश गरेको बिजयी चुनौती पछ्याउदै जवाफी ब्याटिंग गरेको युएई ३० ओवरमा ३ विकेट गुमाएर १ सय २२ रनमा रहदै गर्दा भारी मात्रामा पानि परेपछि खेललाई डिएल मेथडमार्फत टुङ्गो लगाईएको थियो ।

जसमा युएईले १ रनले बाजी मार्न सफल भयो । यसपछि नेपालको बिश्वकप खेल्ने सम्भावनामा अरुको खेलमा भर पर्नु पर्ने अबस्था आएको थियो । बिशेष गरि युएई र ओमान बिचको नतिजामा नेपालको आखा गडेको अबस्था थियो तर कमजोर ओमानले स्वाभाविक अनुसार पराजित हुन् पुग्दा नेपालले यसपटकको बिश्वकप गुमाएको हो । प्रतियोगितामा नेपालले तेस्रो खेलमा आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको थियो भने चौथो खेलमा ओमान लाई १ सय ५० रनमा पराजित गरेको थियो ।

कुल ६ टिमको सहभागिता रहेको छनोट प्रतियोगिता बाट अंकतालिकामा पहिलो स्थान हासिल गर्ने टिमले बिश्वकपका लागि छनोट हुने प्राबधान अनुसार युएईले पहिलो स्थान हासिल गर्दै विश्वकपमा छनोट भएको हो ।

युएईले यसअघि पहिलो खेलमा आयोजक मलेसियालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रोमा नेपाल लाई १ रनले निराश गरायो । यस्तै तेस्रो खेलमा कुबेतलाई ७ विकेटले पराजित गरेको थियो । भने चौथो खेलमा सिगापुरलाई ९ विकेटले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *