कुबेतले नेपाल सामु सामान्य लक्ष्य प्रस्तुत : रोहितको उत्कृष्ट बलिङ्ग प्रदंशन

कुबेतले नेपाल सामु सामान्य लक्ष्य प्रस्तुत : रोहितको उत्कृष्ट बलिङ्ग प्रदंशन

बैशाख ५ , अनलाईन खेलखबर ।। अर्को बर्ष दक्षिण अफ्रिकामा हुने अण्डर नाईण्टिन बिश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत अहिले नेपालले आफ्नो अन्तिम खेलमा कुबेतको सामना गरिरहेको अबस्था छ ।

मलेसियाको राजधानी क्वालालम्पुर स्थित किनरारा एकेडेमी ओभलको क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फ़िल्डिङ्ग गर्ने निर्णय गर्दै कुबेतलाई पहिले ब्याटिङ्गको निम्तो दिएको थियो ।

जसअनुसार कुबेत ४९.५ ओवरमा अलआउट हुदैं १ सय ५७ रन बनाएको छ । खराब सुरुवात गरेको कुबेतले तेस्रो विकेटका लागि ७४ रनको साझेदारी हुन् पुगेपछि कुबेतले नेपाल सामु संम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ । गोकुल कुमार र नोमान बद्रू बिच यो साझेदारी हुन् पुगेको हो । गोकुल सुर्य तामाङ्गको बलमा ३६ रन बनाएर आउट हुन् पुगे । ६६ बलको सामना गरेका उनले ५ चौका प्रहार गर्दै उक्त रन बनाएका थिए ।

यसअघि ४.१ ओवरमा टिमको स्कोर १५ रन हुदाँ टिमले मित भाभसरलाई १० रन र कप्तान अब्दुल शादिकलाई सुन्य रनमा गुमाएको थियो । नोमान बद्रूले ईनिङ्गको सर्बाधिक ७० रनको पारी खेले । १२० बलको सामना गरेका उनले ८ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै हमौद अमानुल्लाहले पनि १७ रन बनाए ।

बलिङ्ग तर्फ नेपालका कप्तान रोहित कुमाए पौडेलले उत्कृष्ट बलिङ्ग गर्ने क्रममा ३ ओवरमा १३ रन खर्चिएर ३ विकेट लिन सफल भएका थिए । यस्तै राशिद खान , सुर्य तामाङ्ग र कुशल मल्लले समान २/२ विकेट लिएका थिए ।

अब कुबेतले दिएको १ सय ५८ रनको विजयी लक्ष्य पछ्याउदै नेपालले जवाफी ब्याटिंग गर्नेछ ।

विश्वकपमा छनोट हुन् आजको खेल नेपालले जित्ने पर्ने हुन्छ भने उता अहिले जारी युएई र ओमान बिचको खेलमा युएई पराजित हुन् आबश्यक रहेको छ ।तर त्यो सम्भावना अहिले निकै कमजोर बनेको छ । खेलमा सुरुमा ब्याटिंग गरेको ओमानले ४३.३ ओवरमा अलआउट हुदै मात्र १ सय ५ रन बनाएको छ । यसअर्थमा विश्वकप खेल्ने लक्ष्य सहित मलेसिया पुगेको नेपाल निराश हुदै घर फर्किन बाध्य हुनेछ ।

मलेसियामा नेपालले आफ्नो दाबेदारीलाई प्रस्तुत गर्ने क्रममा निकै राम्रो प्रदशन गरिरहेको भएपनि तर दुर्भाग्य भन्नुपर्छ नेपालको राम्रो खेल्दाखेल्दै पनि यसपटकको बिश्वकप गुमाउने सम्भावना अहिले बढेर गएको छ ।

प्रतियोगितामा पहिलो खेलमा सिगापुरलाई २ सय १७ रनले पराजित गर्दै प्रतियोगिताको ठोस सुरुवात गरेको नेपालको दुर्भाग्य दोस्रो खेल युएई बिरुद्द हुन् पुग्दा टिम यो अबस्थामा आएको हो ।

युएई बिरुद्दको खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ्ग गर्नेक्रममा निर्धारित ५० ओवरमा अलआउट हुदै २ सय ४७ रनको योगफल खडा गएको थियो ।

यसपछि नेपालले पेश गरेको बिजयी चुनौती पछ्याउदै जवाफी ब्याटिंग गरेको युएई ३० ओवरमा ३ विकेट गुमाएर १ सय २२ रनमा रहदै गर्दा भारी मात्रामा पानि परेपछि खेललाई डिएल मेथडमार्फत टुङ्गो लगाईएको थियो ।

जसमा युएईले १ रनले बाजी मार्न सफल भयो । यसपछि नेपालको बिश्वकप खेल्ने सम्भावनामा अरुको खेलमा भर पर्नु पर्ने अबस्था आएको थियो । बिशेष गरि अहिले जारी युएई र ओमान बिचको नतिजामा नेपालको आखा गडेको अबस्था छ । प्रतियोगितामा नेपालले तेस्रो खेलमा आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको थियो भने चौथो खेलमा ओमान लाई १ सय ५० रनमा पराजित गरेको थियो ।

कुल ६ टिमको सहभागिता रहेको छनोट प्रतियोगिता बाट अंकतालिकामा पहिलो स्थान हासिल गर्ने टिमले बिश्वकपका लागि छनोट हुने प्राबधान अनुसार अहिलेको अबस्था सम्म युएईले यसको सम्भावना धेरै बलियो बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *