onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सोमपाल को टिम धनगढि को लगातार दोस्रो जित हुँदा बिनोद भन्डारी को टिम महेन्द्रनगर को पहिलो हार

चैत्र २० , अनलाईन खेलखबर || धनगढि मा जारी धनगढी प्रिमियर लिग (डिपिएल) को आज भएको खेल मा टिम चौराहा धनगढीले महेन्द्रनगर युनाईटेड लाई ८ विकेटले पराजित गरेको छ ।

आज महेन्द्रनगरले दिएको १ सय ३२ रनको औषत लक्ष्य धनगढीले १८ ओभरमा २ विकेटको नोक्सानीमा भेटाएको थियो । धनगढी लाई जिताउन सुनील धमलाले नटआउट ४६ रनको योगदान गरेका थिए । यस्तै सोनु तामाङ पनि १५ रनमा नटआउट रहेका थिए। यस्तै धनगढी लाई जित हासिल गर्न अस्फाक अहमेदले ३० रन र रोहान मुस्ताफाले ३९ रन बनाएका थिए ।

बलिङतर्फ महेन्द्रनगरका अभिनास कर्ण र पुनित मेहराले समान १–१ विकेट लिए।

यसअगि एएसपि क्रीकेट मैदान धनगढी मा टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन जोडेको थिए । सुरुवाति अबस्था बाटै खराब सुरुवात गरेको महेन्द्रनगरका कप्तान तथा ओपनर विनोद भन्डारी ११ र आसिफ शेख ८ रनमा आउट हुदाँ टिम सम्हालिन सकेन लगत्तै हरिशंकर साह र आरिफ शेख खाता नै खोल्न नपाइ पेभिलियन फर्किए रोहितकुमार पौडेल पनि ३ रन मा आउट हुदाँ टिम निकै दबाब मा आएको थियो ।

यसपछि पुनित मेहरा र भुवन कार्कीले अर्धशतकीय साझेदारी गर्दै महेन्द्रनगर लाई सम्माजनक स्कोर तर्फ डोराएका थिए । यस्तै पुनित विष्ट ले महेन्द्रनगर का लागि २४ रनको योगदान गरेका थिए ।

बलिङतर्फ धनगढीका का सर्बाधिक ललित भण्डारीले ४ विकेट लिए। सोमपाल कामी र सांसद शेखले समान १/१ विकेट लिन सफल भए।

धनगढि यो जित सगैँ समूह को दोस्रो स्थान मा कायम छ , धनगढी ले खेलेका ३ खेल मध्य २ मा जित र १ मा हार ब्यहोरेको छ । भने महेन्द्रनगर ले २ खेलबाट एक मा जित र एक मा हार ब्यहोर्दै समूह को चौथो स्थान मा छ ।

अब बुधबार लिगँ चरण का दुई खेल हुनेछन पहिलो खेल बिराटनगर र रुपन्देही बिच हुनेछ भने अर्को दोस्रो खेल सिवाईसी अत्तरिया र काठमाडौ बिच हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *