एकदिवसीय वरियतामा नेपाल एक स्थान माथि उक्लियो
बैशाख , ४ अनलाईन खेलखबर ।। अन्तराष्टिय क्रिकेट परिषद ( आईसीसी ) ले सार्बजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान माथि रहदै अहिले १४ औँ स्थानमा उक्लिएको छ ।
यसअघि केहि महिना अघि युएई बिरुद्दको सिरिजमा एतिहासिक जित हासिल गरेपछि नेपाल पहिलो पटक एकदिवसिय बरियतामा समाबेश भएको थियो ।
त्यस बेला नेपाल १५ औं स्थानमा रहेको थियो ।
र अहिले कुनै खेल बिना नै बिपक्षीको खेलको आधारमा नेपालको एक स्थान सुधार हुदै माथि उक्लिएको हो । ताजा बरियता अनुसार नेपाल भन्दा पछि क्रमश युएई र नेदरल्याण्ड रहेका छ्न भने स्कट्ल्याण्ड नेपाल भन्दा एक स्थान माथि रहेको छ । यस्तै बरियता क्रममा पहिलो स्थानमा इंङ्गल्याण्ड दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन ।
यस्तै चौथो स्थानमा दक्षिण अफ्रिका रहेको छ भने पाचौमा अस्टेलिया , छठौमा पाकिस्तान , सातौमा बंगलादेश , आठौमा श्रीलंका र नबौमा वेस्ट ईण्डिज रहेको छ । यस्तै दसौँ स्थानमा अफगानिस्तान रहेको छ । भने ११ औँ स्थानमा जिम्बाबे र १२ औं स्थानमा आयरल्याण्ड रहेको छ ।
नेपाल अहिले पहिलोको अबस्था झैँ १० खेलबाट १५२ पोईन्ट र १५ रेटिङ्गका साथ् यो स्थानमा रहेको छ । यता टी-ट्वान्टी वरियतामा पनि नेपाल १४ औं स्थान मै रहेको छ ।