बिश्वकपको लागि बंगलादेशले पनि गर्यो टिम घोषणा
बैशाख ३ , अनलाईन खेलखबर ।। मे ३० देखि जुलाई १४ सम्म ईङ्गल्याण्ड र वेल्समा हुन् गईरहेको आईसीसी एकदिवसीय बिश्वकपका लागि क्रिकेटमा उदाउदै गरेको बंगलादेशले आज मङ्गगलबार आफ्नो टिमको घोषणा गरेको छ ।
बिश्वकपको मिति नजिकिदै गर्दा अहिले टिमहरुले आफ्नो टिमको घोषणा गर्ने क्रम सुरु भैइसकेको अबस्था छ । यसैबिचमा बंगलादेशले आज १५ सदस्यीय टिमको घोषणा गरिएको छ ।
आज सार्बजनिक गरिएको टिममा बंगलादेशको कप्तानीको जिम्मा अनुभवी खेलाडी मशरफे मोर्तज़ालाई दिइएको छ । भने उप -कप्तानको भूमिकामा शाकिब अल हसन रहेका छन । यस्तै तिब्र गतिका बलर तस्किन अहमद चोटका कारण यसपटकको विश्वकप गुमाउने छन ।
यस्तै टिममा अबु जायेदलाई पहिलो पटक लिईएको छ । उनको एकदिवसिय क्रिकेट सगै बिश्वकपमा पहिलो हुनेछ । यसअघि उनले अघिल्लो महिना न्युजिल्याण्ड बिरुद्दको टेस्ट सीरीजका बेला राम्रो प्रदशन गरेका थिए ।
यस्तै चोटकै कारण अघिल्लो न्युजिल्याण्ड सिरिज गुमाएका बंगलादेशका भरपर्दा खेलाडि शाकिब अल हसन पनि टिममा कमब्याक गरेका छन । यस्तै टिममा लिटन दास, मेहदी हसन, मोहम्मद सैफुद्दीन, मुस्ताफिजुर रहमान र सौम्या सरकार पनि टिममा रहेका छन ।
बांग्लादेशी टीम पनि केहि सन्तुलन पक्कै देखिएको छ । यो टिमले जुनसुकै बेला ठुला टिमलाई पराजित गर्न सक्ने क्षमता राख्छ ।
टिम बङलादेश : मशरफे मोर्तजा(कप्तान), शाकिब अल हसन(उपकप्तान), तमीम इकबाल, महमूदुल्लाह, मुशफिकुर रहीम, सौम्य सरकार, लिटन दास, सब्बीर रहमान, मेहदी हसन, मोहम्मद मिथुन, रुबेल हुसैन, मुस्ताफिजुर रहमान, मोहम्मद सैफुद्दीन, मोसदिक हुसैन, अबु जायेद।
टिम भारत बिराट कोहलीको कप्तानीमा बिश्वकपका लागि भारतीय टोलीको घोषणा :
टिम अस्टेलिया : बिश्वकपका लागि अष्ट्रेलिया टोलीको घोषणा : आरोन फिन्चले टिमको कप्तानी गर्ने