ज्ञानेन्द्र मल्लको काठमाडौ ले लगातार जित दर्ता गर्दा शक्ति गौचनको टिम रुपन्देही को लगातार दोस्रो हार
चैत्र १९ , अनलाईन खेलखबर || धनगढि मा जारी नेपालि क्रीकेट ईतिहास कै हाल सम्मकै सर्बाधिक ठूलो पुरस्कार राशी रहेको धनगढी प्रिमियर लिग( डिपिएल ) को तेस्रो दिनको दोस्रो खेलमा मा काठमाडौ बिजयि भएको छ ।
आज भएको लिगको दोस्रो खेलमा काठमाडौ गोल्डेन्स ले रुपन्देही च्यालेञ्जर्सलाई ६३ रनले पराजित गरेको हो ।
धनगढि स्थित एसएसपि क्रीकेट मैदान मा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै प्रतियोगिता कै हाल सम्म को ठूलो स्कोर एक सय ८६ रन बनाएको थियो ।
जसमा काठमाडौ ले सुरुवात देखि नै बलियो सुरुवात गरेको थियो । विदेशी खेलाडी सुबोध भाटी ४२ रनमा आउट हुँदा ६५ रनमा पहिलो विकेट गुमाएको थियो । यसपछि अमित श्रेष्ठ ३० रन बनाउदा काठमाडौ का मध्यक्रम का ब्याटसम्यान ले पनि उत्कृष्ट लयलाई न्याय गर्दै सुजबुझ ब्याटिङ गरे सन्नी पटेलले आक्रमक ब्याटिङ गर्दै अविजीत ४८ रन बनाए भने नरेश बुढाऐरले ३० तथा कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए । यस्तै भुपेन्द्र थापाले १४ रन बनाउन सफल भएका थिए ।
विशाल लक्ष्य पछयाएको रुपन्देही १८ ओभर ४ बलमा मात्र एक सय २३ रनमा अलआउट हुन पुगेको थियो ।
दरिलो सुरुवात गरेको रुपन्देहीले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरे पनि पछि त्यो लय जिबित राख्न सकेन र ५२ रन थप्दा उसले बाकी सबै बिकेट गुमाएको थियो ।
रुपन्देहीका ओपनर प्रदिप ऐरीले ५७ तथा सागर पुनले १८ रन बनाउनु बाहेक बाकि खेलाडी ले उल्लेख्य योगदान गर्न असफल भए पछि टिम ले नतिजा काठमाडौ सामु सुम्पिन बाध्य भयो ।।
काठमाडौ को जितमा रुपन्देहीलाई कम स्कोरमा रोक्न रासिद खानले ४ तथा ललित राजवंशीले ३ विकेट लिएका थिए ।
काठमाडौ ले लगातार दुई खेल मा बिजयी हुदा रुपन्देही को यो लगातार दोस्रो हार हो ।