बिराट कोहलीको कप्तानीमा बिश्वकपका लागि भारतीय टोलीको घोषणा :

बिराट कोहलीको कप्तानीमा बिश्वकपका लागि भारतीय टोलीको घोषणा :

बैशाग २ , अनलाईन खेलखबर ।। मे ३० देखि जुलाई १४ सम्म ईङ्गल्याण्ड र वेल्समा हुन् गईरहेको आईसीसी एकदिवसीय बिश्वकपका लागि दुई पटक को
बिश्व बिजेता भारतले आज सोमबार आफ्नो टिमको घोषणा गरेको छ ।

बिश्वकपको मिति नजिकिदै गर्दा अहिले टिमहरुले आफ्नो टिमको घोषणा गर्ने क्रम सुरु भैइसकेको अबस्था छ । यसैबिचमा बिश्वकपको यसपटकको दाबेदार मध्यको एक भारतले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरिएको छ ।

विराट कोहलीको कप्तानीमा रहेको टिममा युवा र अनुभवी खेलाडीको साथ् रहेको छ । जसमा मुख्य ब्याट्सम्यानका रुपमा रोहित शर्मा, शिखर धवन, केएल राहुल र केदार जाधव लाई टिममा समाबेश गरिएको छ ।

पूर्व कप्तान तथा टिमका मध्यक्रमका भरपर्दा विकेटकिपर ब्याट्सम्यान महेंद्र सिंह धोनी सगै विकेटकीपरका रुपमा दिनेश कार्तिक पनि टिममा समाबेश भएका छन । यस्तै अलराउण्डरका रुपमा हार्दिक पांड्या, रविंद्र जडेजा र विजय शंकर पनि टिममा परेका छन । यस्तै तिब्रगतिको बलिङ्गमा जसप्रीत बुमराह, भुवनेश्वर कुमार र मोहम्मद शमीको साथ रहेको छ । यस्तै स्पिनबलिङ्ग मा युजवेंद्र चहल र कुलदीप यादव लाई टिमले लिएको छ ।

यसरि हेर्दा टिम सन्तुलन देखिएको छ । यसअघि सन् १९९३ र सन् २०११ मा बिश्वकपको उपाधि उचालिसकेको भारत यसपटक तेस्रो पटक उपाधि उचाल्ने लक्ष्य सहित लामो समय देखि नै तयारि गर्दै आएको थियो । पछिल्ला प्रदशनका आधारमा पनि भारतलाई यसपटकको उपाधि उचाल्न सक्ने टिमको रुपमा पनि हेरिएको छ ।

कुल १० टिमको सहभागिता रहने विश्वकप राउण्ड रोबिन र नक्आउटको आधारमा हुनेछ । ४८ खेल हुने बिश्वकपमा भारतले भने जुन ५ मा दक्षिण अफ्रिका सँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । यसपछि ८ जुनमा अस्ट्रेलियाको सामाना गर्नेछ । यस्तै तेस्रो खेलमा न्युजिल्याण्ड बिरुद् जुन १३ मा प्रतिष्पर्दा गर्नेछ । चौथोमा १६ जुनमा पाकिस्तान, २२ जूनमा अफगानिस्तान, २७ जूनमा वेस्टइंडीज, ३० जूनमा ईङ्गल्याण्ड , २ जुलाईमा बांग्लादेश र ६ जुलाईमा श्रीलंका बिरुद्द भारतले प्रतिष्पर्दा गर्नेछ ।

प्रतियोगिताको राउण्ड रोबिन सकिएपछि यसैको आधारमा नक्आउट अर्थात सेमिफाईनलका खेल हुनेछन । पहिलो सेमिफाईनल खेल जुलाई ९ तारिखमा हुनेछ भने अर्को ११ तारिखमा हुनेछ । बिश्वकपको फाईनल जुलाई १४ मा ईङ्गल्याण्ड स्थित लॉर्ड्समा हुनेछ ।

विश्व कप २०१९ का लागि भारतीय टीम:

विराट कोहली (कप्तान), रोहित शर्मा (उप-कप्तान), महेंद्र सिंह धोनी (विकेटकीपर), शिखर धवन, केएल राहुल, विजय शंकर, केदार जाधव, दिनेश कार्तिक, हार्दिक पांड्या, रविंद्र जडेजा, कुलदीप यादव, युजवेंद्र चहल, भुवनेश्वर कुमार, जसप्रीत बुमराह र मोहम्मद शमी।

टिम अष्ट्रेलिया बिश्वकपका लागि अष्ट्रेलिया टोलीको घोषणा : आरोन फिन्चले टिमको कप्तानी गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *