onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मलेसिया माथि नेपालको शानदार जित

बैशाख २ , अनलाईन खेलखबर ।। मलेसियामा जारी अण्डर नाईण्टिन बिश्वकप् एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा आज आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।

खेलमा मलेसियाले दिएको ९३ रनको सामान्य लक्ष्य पछ्याउदै जवाफी ब्याटिंग गरेको नेपालले उक्त बिजयी लक्ष्य मात्र १३ ओवरमा २ विकेट गुमाएर भेटायो ।नेपालको जितमा रित गौतम अविजित रहदै ३९ रनको योगदान गरे । भने पवन सराफले १९ तथा आशिफ शेखले २६ र रोहित पौडेलले अविजित रहदै ६ रन बनाए ।

बलिङ्गमा मलेसियाका लागि आफ़िक र स्युक्री मडेलीले १/१ विकेट लिए ।

यसअघि मलेसिया क्वालालम्पुर स्थित किनरारा ओभलको क्रिकेट मैदानमा जारि खेलमा नेपालले टस जितेर मलेसिया लाई पहिले ब्याटिंगको निम्तो दिएको थियो । जसअनुरुप टस हारेर पहिले ब्याटिङ्ग गर्ने क्रममा ३३.५ ओवरमा अलआउट हुदै ९२ रन बनाएको थियो ।

नेपालको कसिलो बलिङ्गको सामु मलेसियाका इज्जत डैनियल फिक्रीले बाहेक कुनै खेलाडिले खुलेर खेल्न सकेनन । ईनिङ्गको सर्बाधिक धेरै रन बनाउने क्रममा इज्जत डैनियल फिक्रीले ५५ बलको सामना गर्दै ३ चौका र १ छक्काको मद्दतमा ३७ रनको पारी खेले । बिस्तारै मैदानमा सेट हुने क्रममा रहेका उनि दुर्भाग्यपूर्ण कुशल मल्लको बलमा सन्दिप जोराको हात बाट क्याच आउट हुन् पुगेका थिए ।

यस्तै टिमका लागि हाकिम हरिशनले १० तथा टिमका कप्तान समेत रहेका मोहम्मद अमिरले १३ रन बनाए ।

बलिङ्ग तर्फ नेपालका लागि पवन सराफ र कुशल मल्ल ले समान ३/३ विकेट लिए भने कमल सिह एरिले २ तथा सागर ढकालले १ विकेट लिएका थिए ।

प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया , ओमान , सिगापुर , युएई र कुबेत रहेका छ्न । प्रतियोगिताको पहिलो स्थान हासिल गर्ने टिमले अर्को बर्ष दक्षिण अफ्रिकामा हुने बिश्वकपमा स्थान बनाउने छ ।

विश्वकप खेल्ने लक्ष्य सहित मलेसिया पुगेको नेपालि टोलि आफ्नो दोस्रो खेलमा युएईसंग पानिले प्रभावित गरेको खेलमा डीएल मेथड मार्फत १ रनले पराजित भएपछी नेपालले अब आफ्ना २ खेलमा जित निकाल्दै युएईको खेलमा भर पर्नु पर्ने अबस्था आएको छ । जसमा अब युएई जसरि पनि १ खेलमा पराजित हुनु आबश्यक छ । अर्को बर्ष दक्षिण अफ्रिकामा हुने बिश्वकपमा पुग्न नेपालले युएईको बाकि सिगापुर र ओमान बिचको खेलमा भर पर्नु पर्नेछ ।

सुरुवात ३ खेलबाट जित निकाल्दै युएई बिश्वकपमा पुग्ने बलियो स्थितिमा रहेको छ । नेपालको झिनो आशा ओमान सँगको खेलमा रहने छ । जुन खेल आउदो १८ तारिखमा हुनेछ । यसअघि भोलि युएईले कमजोर सिगापुरको सामना गर्नेछ ।

यसअघि नेपालले प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । अब नेपालले ओमान संग भोलि प्रतिष्पर्दा गर्नेछ भने १८ तारिखमा कुबेत सँग अन्तिम खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्