onlinekhelkhabar.com

Complete website for Nepali Sports News

बिश्वकपका लागि अष्ट्रेलिया टोलीको घोषणा : आरोन फिन्चले टिमको कप्तानी गर्ने

बैशाग २ , अनलाईन खेलखबर ।। मे ३० देखि जुलाई १४ सम्म ईङ्गल्याण्ड र वेल्समा हुन् गईरहेको आईसीसी एकदिवसीय बिश्वकपका लागि डिफ़ेण्डिङ्ग च्याम्पियन अष्ट्रेलियाले आफ्नो टिमको घोषणा गरेको छ ।

बिश्वकपको मिति नजिकिदै गर्दा अहिले टिमहरुले आफ्नो टिमको घोषणा गर्ने क्रम सुरु भैइसकेको अबस्था छ । यसैबिचमा बिश्वकपको सबैभन्दा सफल मध्यको एक अष्ट्रेलियाले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरिएको छ । टिमलाई आरोन फिन्चले नेतृत्व गर्नेछन । सन्तुलन देखिएको टिममा १ बर्षे पछि प्रतिबन्ध फुकुवा पछि डेविड वार्नर र स्टिभ स्मिथपनि टिममा फर्किएका छन । उनिहरु अहिले ईण्डियन प्रिमियर लिग ( आईपिएल )मा पनि राम्रो लयमा देखिएका छन ।

टिममा फिन्चसहित जेसन बेहरेनडॉर्फ, एलेक्स केरी , नाथन कूल्टर-नाइल, पैट कमिंस, उस्मान ख्वाजा, नाथन लियोन, शॉन मार्श, ग्लेन मैक्सवेल, झेय रिचर्डसन, स्टीव स्मिथ, मिशेल स्टार्क, मार्कस स्टोइनिस, डेविड वार्नर र एडम ज़म्पा रहेका छन ।

बिश्वकपको १३ संस्करण सम्म आईपुग्दा अष्ट्रेलिया अहिले सम्म ५ पटक बिजेता र २ पटक उप बिजेता भईसकेको छ । अष्ट्रेलियाले सन् १९९७ मा पहिलो पटक उपाधि उचालेको थियो । यसपछि १९९९ ,२००३ र २००७ मा अष्ट्रेलियाले लगातार ३ पटक उपाधि उचालेको थियो भने अघिल्लो २०१५ मा भएको विश्वकपमा अष्ट्रेलियाले न्युजिल्याड लाई फाईनलमा ७ विकेटले पराजित गर्दै बिश्वकपको उपाधि उचालेको थियो ।

सदैभ बिश्वकपको दाबेदारको रुपमा हेरिने अष्ट्रेलिया अहिले उच्च मनोबलमा पनि रहेको छ । पछिल्ला खेलमा अष्ट्रेलियाले राम्रो प्रदशन पनि गर्दै आएको छ ।

कुल १० टिमको सहभागिता रहने विश्वकप राउण्ड रोबिन र नक्आउटको आधारमा हुनेछ । ४८ खेल हुने बिश्वकपमा अष्ट्रेलियाले भने जुन १ मा अफगानिस्तान सँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *