onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सिवाईसी अत्तरिया द्रारा धनगढी सामु १ सय ५१ रनको लक्ष्य प्रस्तुत : अहिले धनगढी जवाफी ब्याटिंग मा

चैत्र १९ , अनलाईन खेलखबर || धनगढि मा जारी धनगढि प्रिमियर लिग ( डिपिएल ) को आज तेस्रो दिनको पहिलो खेल मा अहिले सिवाईसी अत्तरिया र टिम चौराहा धनगढि बिच जारी रहेको छ ।

एसएसपि क्रीकेट मैदान धनगढि मा आज सिवाईसी अत्तेरिया ले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो |टस हारी पहिले ब्याटिङ को निम्तो पाएको सिवाईसी अत्तरिया ले निर्धारित २० ओवर पुरै खेल्दै १ सय ५० रन बनाएको छ ।

जसमा सुबाश खकुरेल ले ११ बलको सामना गर्दै १३ रन बनाएका थिए उनी सोमपाल कामी को बल मा आउट हुन पुगे उनी आउट हुँदा सम्म टिम को स्कोर १७ रन मात्र थियो । यसपछि अर्का ब्याटसम्यान लाई ५.४ ओवर मा सिवाईसी अत्तरिया ले सन्दिप जोरा लाई गुमायो उनले ८ बलको सामना गर्दै मात्र २ रन जोडन सफल भए उनि ललित भन्डारी को बल मा एलबीडब्लू को सिकार बनेका थिए । यस्तै अत्तरिया का लागि केही राम्रो गर्न खोज्दा खोज्दै दीपेन्द्र सिहँ एरि रोहन मुस्तफा को बल मा आउट हुन पुगे उनले १४ बलको सामना गर्दै १९ रनको पारी खेले । यसपछि प्रेम तामाङ ले २८ रनको महत्त्वपूर्ण ईनिग खेले भने गौरभ चित्कारा ले १३ रन बनाएर पवेलियन फर्किदा कुशल भुर्तेल र बिपिन चन्द्रा ले टिम लाई सम्मानजनक स्कोर तर्फ बढाउन ठूलो योगदान गरे भुर्तेल ले २५ रन बनाउदा चन्द्रा ले २८ रन को योगदान टिम लाई दिए यस्तै कृष्ण कार्कि ले १४ रन बनाएका थिए ।

बलिङ तर्फ धनगढि का लागि ललित भन्डारी र रोहन मुस्तफा ले समान ३/३ विकेट हात पार्न सफल भए यस्तै सोमपाल कामी र सम्साद शेख ले १/१ बिकेट लिए ।

अहिले टिम चौराहा धन गढी ले १ सय ५१ रनको लक्ष्य पछयाउदै जवाफी ब्याटिङ गर्दै छ ।

यसपघि भएको खेल मा टिम चौराहा धनगढि आफ्नो पहिलो खेल मा काठमाडौ गोल्डेन्स सगँ ७ विकेट ले पराजित भएको छ । भने सिवाईसी अत्तरिया ले आफ्नो पहिलो खेल मा रुपन्देही च्यालेन्जर्स लाई ९ विकेट ले पराजित गरेको थियो ।।

टिम चौराहा आज को खेल मा पहिलो जित को खोजी मा हुने छ् भने सिवाईसी अत्तेरिया ले जित लाई निरंतरता दिन चाहन्छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *