onlinekhelkhabar.com

Complete website for Nepali Sports News

दिल्ली अंकतालिकाको दोस्रो स्थानमा उक्लियो

बैशाग २ , अनलाईन खेलखबर ।। बिश्वको सबैभन्दा चर्चित तथा ठुलो क्रिकेट प्रतियोगिता ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत गएराती नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद बिच भएको खेलमा दिल्ली ३९ रनले बिजयी भएको छ ।

खेलमा सुरुमा ब्याटिंग गर्दै दिल्लीले दिएको १ सय ५६ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंग गरेको हैदाराबादले निकै निराशाजनक प्रदशन गर्यो । मध्यम लक्ष्य पछ्याएको भएपनि दुई खेलाडि बाहेक अन्यले उलेख्य योगदान दिन नसक्दा टिम पराजित हुन् पुग्यो ।

टिमका लागि ठोस सुरुवात दिलाएका ओपनरद्रय डेविट वार्नर र जॉनी बेयरस्टोले टिमलाई राम्रो दिशा देखाउन सफल भए । पहिलो विकेटका रुपमा ९.५ ओवरमा टिमको स्कोर ७२ रन हुदाँ जॉनी बेयरस्टो लाई ४१ रनमा गुमाएको थियो । विकेट लिएका थिए

यसपछि मात्र ४४ रन जोड्दा टिमले आफ्नो सबै विकेट गुमाएपछि टिम १८.५ ओवरमा मात्र १ सय १६ मा रोकिन बाध्य भयो । डेविट बार्नरले अर्धसतकिय ५१ रनको योगदान भने गरे । ४७ बलको सामना गरेका उनले ३ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

बलिङ्ग तर्फ हैदराबाद माथि नाटकीय जित निकाल्ने क्रममा दिल्लीका लागि कगिसो रबाडाले सर्बाधिक ४ विकेट लिए । ३.५ ओवर बलिङ्ग गरेका रबाडाले मात्र २२ रन खर्चिएर उक्त विकेट लिएका थिए ।

यस्तै क्रिस मॉरिस र कीमो पॉल पनि समान ३/३ विकेट हात पारे ।

यसअघि हैदराबादको घरेलु मैदान राजीव गांधी अंतर्राष्ट्रीय रंगशालामा भएको खेलमा टस जितेर हैदाराबादले पाहुना टोलि दिल्लीलाई पहिले ब्याटिङ्ग गर्ने निम्तो दिएको थियो । जसअनुसार दिल्लीले निर्धारित २० ओवर पुरै खेल्दै ७ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।

खराब सुरुवात् पाएको दिल्लीका लागि कोलिन कॉलिन मुनरो र टिमका कप्तान श्रेयस अय्यरले पारीलाई समालेका थिए । ओपनर ब्याट्सम्यान पृथ्वी शॉ ४ रनमा र अर्का शिखर धवन ७ रनमा आउट हुन् पुगेका थिए । यसपछि कुनै खेलाडी बाट ठुलो साझेदारी हुन् नसक्दा टिम मध्यम स्कोरमा रोकिएको थियो ।

टिमका लागि कालिन मुनरोले ४० रन बनाउदा ईनिङ्गको सर्बाधिक धेरै रन बनाएका कप्तान श्रेयस अय्यरले ४५ रन जोडे । ४० बलको सामना गरेका उनले ५ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै रिषभ पन्तले २३बनाए ।

बलिङ्ग तर्फ भने हैदाराबादका लागि खलिल अहमदले सर्बाधिक ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ र राशिद खानले १ विकेट लिन सफल भए ।

यो जित संगै दिल्ली अहिले अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । ८ खेलबाट ५ मा जित र ३ मा हार व्यहोर्दै दिल्लीले १० अंकसहित दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा भने १४ अंकसहित चेन्नई सुपर किग्स रहेको छ । पराजित हुन् पुगेको हैदाराबाद ७ खेलबाट ३ मा जित र ४ मा हार व्यहोर्दै ६ अङ्कसहित अहिले अंकतालिकाको छठौ स्थानमा रहेको छ ।

यसअघि दिल्लीले दिल्लीले पहिलो खेलमा मुम्बई ईण्डियन लाई ३७ रनले पराजित गर्दै प्रतियोगिताको सुरुवात राम्रो तरिकाले गरेको थियो । दोस्रो खेलमा भने चेन्नई संग दिल्ली ६ विकेटले पराजित हुन् पुग्यो । तेस्रो खेलमा कोलकतालाई सुपर ओवरमा ३ रनले जित हासिल गर्यो भने चौथो खेलमा दिल्ली पंजाव संग १४ रनले पराजित हुन् पुग्यो ।


यसपछि पाचौ खेलमा हैदराबाद संग ५ विकेटले पराजित हुन् पुग्दा छठौ खेलमा दिल्लीले बैंगलोरलाई ४ विकेटले पराजित गरेको थियो । र अघिल्लो खेलमा दिल्लीले कोलकतालाई ७ विकेटले पराजित गरेको थियो ।

अब प्रतियोगिता अन्तर्गत आज मात्र १ खेल हुनेछ । नेपालि समय अनुसार राति सवा ८ बजेपछि सुरु हुने खेलमा मुम्बई ईण्डियनले रोयल च्यालेंजर्स बैङ्गलोरको सामना गर्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *