onlinekhelkhabar.com

Complete website for Nepali Sports News

शिखर धवनले उत्कृष्ट ब्याटिंङ्ग गरेपछि सन्दिपको टिम दिल्लीको कोलकतामाथि सहज जित

चैत्र ३० , अनलाईन खेलखबर ।। शिखर धवनले दिल्लीका लागि उत्कृष्ट ब्याटिङ्ग गरेपछि जारि ईण्डियन प्रिमियर लिग ( आईपिएल )को २६ औं खेलमा नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्स् ले कोलकाता नाइट राइडर्सलाई सहज ७ विकेटले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले दिएको १ सय ७९ रनको विजजी चुनौती पछ्याउदै जवाफी ब्याटिंग गरेको पाहुना टोलि दिल्लीले उक्त बिजयी लक्ष्य १८.५ ओवरमा मात्र ३ विकेट गुमाएर भेटायो ।

दिल्लीको जितमा ओपनर ब्याट्सम्यान सिखर धवनको पारीले महत्वपुर्ण भूमिका खेल्यो । निकै राम्रो ब्याटिंग प्रस्तुत गर्नेक्रममा उनले ६३ बलको सामना गर्दै ११ चौका र २ छक्काको मद्दतमा अविजित रहदै ९७ रनको योगदान गरेका थिए ।

टिमको स्कोर ५७ रन हुदा २ विकेटका रुपमा पृथ्वी शा र श्रेयस अय्यर लाई गुमाएको भएपनि यसपछि धवन र रिषभ पन्त बिच तेस्रो विकेटका लागि १ सय ५ रनको साझेदारी हुन् पुगेपछि टिमले कोलकता माथि सहज जित निकाल्यो । पृथ्वी शा र रिषभ पन्तले क्रमश : १४ र ६ रन बनाएर आउट भए भने
रिषभ पन्तले ४६ रनको योगदान गरे भने कॉलिन इनग्रामले पनि अविजित रहदै १४ रन जोडे ।

बलिङ्ग तर्फ कोलकताका लागि एन्द्रे रसेल , नितिश राना र प्रसीद कृष्णाले समान १/१ विकेट लिए ।

यसअघि कोलकताको घरेलु मैदान ईडन गार्डनमा भएको खेलमा पाहुना टोलि दिल्लीले टस जितेर कोलकतालाई पहिले ब्याटिंग गर्न निम्तो दिएको छ । जस अनुसार कोलकताले निर्धारित २० ओवर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो । कोलकताका लागि शुभमन गिलले सर्बाधिक ६५ रन बनाए । ३९ बलको सामना गरेका उनले ७ चौका र २ छक्का समेत प्रहार गरे ।

यस्तै टिमका लागि एन्द्रे रसेलले ४५ तथा रॉबिन उथप्पाले २८ र पियुष चावलाले १४ रन बनाउनु बाहेक अन्य खेलाडिहरुले उल्लेख्य योगदान गर्न असफल भएका थिए ।

बलिङ्ग तर्फ दिल्लीका लागि क्रिस मोरिस , कगिसो रबाडा र केमो पॉलले समान २/२ विकेट लिएका थिए । भने ईशान्त सर्माले पनि १ विकेट लिन सफल भएका थिए । यता यो खेलमा नेपालका युवा खेलाडि सन्दिप लामिछाने लाई टिमले खेलाएको थिएन । उनि बेन्चमा रहेका थिए ।

यो जित संगै दिल्ली अहिले अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । भने कोलकता दोस्रो स्थानमा यथावत रहको छ । दिल्लीले ७ खेल बाट ४ मा जित र ३ मा हार व्यहोर्दै ८ अंक जोडिसकेको छ । कोलकता र मुम्बईको ८ अंक भएपनि दिल्ली नेट रनरेटमा पछि पर्दै चौथो स्थानमा रहेको छ ।

अब प्रतियोगिता अन्तर्गत आज सनिवार दुई खेल हुनेछन । पहिलो खेलमा मुम्बईले राजस्थानको सामना गर्नेछ भने दोस्रो खेलमा पंजावले बैंगलोरको सामना गर्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *