बिश्वकप छनोट : नेपालले आज युएईको सामना गर्दै

बिश्वकप छनोट : नेपालले आज युएईको सामना गर्दै

चैत्र ३० , अनलाईन खेलखबर ।। मलेसियामा जारी अन्डर नाईण्टिन बिश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेलमा युएईको सामना गर्दैछ ।

मलेसिया क्वालालम्पुर स्थित किनरारा ओभलको क्रिकेट मैदानमा हुने खेल नेपालि समय अनुसार बिहान पौने ८ बजेपछि हुनेछ । दुवै टिमले यसअघिको पहिलो खेलमा जित निकालेका छन । बलियो नेपाल बिरुद्द आज युएईको पनि परिक्षा हुनेछ । युएईले आफ्नो पहिलो खेलमा सुक्रबार आयोजक मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।

प्रतियोगिताको दाबेदार बिश्वकपमा छनोट हुने लक्ष्य सहित मलेसिया पुगेको नेपालले पनि प्रतियोगितामा सुखद सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा सुक्रबार सिगापुरलाई २ सय १७ रनको बिशाल अन्तरले पराजित गरेको थियो ।

क्वालालम्पुर स्थित सेलगोर टर्फ क्लबको खेल मैदानमा भएको खेलमा सिगापुरले ट्स जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जस अनुसार नेपालले ४६ ओवरमा अलआउट हुदै २ सय ८२ रनको बिशाल योगफल खडा गरेको थियो । यसपछि नेपालले दिएको बिशाल बिजयी चुनौती पछ्याउदै जवाफी ब्याटिङ्ग गरेको सिगापुर नेपाली बलर सामु पुरै निरिह साबित हुदै ३१ ओवरमा मात्र ६५ रनमा अलआउट हुन् पुगेको छ ।

शानदार लयमा देखिएको नेपालले सोहि लयलाई कायम राख्न पनि आज युएई बिरुद्दपनि खरो उत्रिने छ । तुलनात्मक हिसाबले प्रतियोगितामा युएई लाई पनि राम्रो टिम मानिन्छ । आजको खेलले आगामी बिश्वकपको यात्रा लाई पनि तय गर्ने हुदा दुवै टिमलाई समान रुपमा ठुलो महत्वपुर्ण रहेको छ ।

प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया , ओमान , सिगापुर , युएई र कुबेत रहेका छ्न । प्रतियोगिताको पहिलो स्थान हासिल गर्ने टिमले अर्को बर्ष दक्षिण अफ्रिकामा हुने बिश्वकपमा स्थान बनाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *