सन्दिपको टिम दिल्लीले कोलकाताको सामना गर्दै :  कोलकाता दिल्ली सँग बदला लिने दाउमा

सन्दिपको टिम दिल्लीले कोलकाताको सामना गर्दै : कोलकाता दिल्ली सँग बदला लिने दाउमा

चैत्र २९ , अनलाईन खेलखबर ।। बिश्वको सबैभन्दा चर्चित तथा ठुलो क्रिकेट प्रतियोगिता ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत अहिले केहि समय पछि नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सको सामना गर्नेछ ।

खेल नेपालि समय अनुसार अहिले राति सवा ८ बजेपछि कोलकताको घरेलु मैदान ईडन गार्डनमा हुनेछ । यसअघि प्रतियोगितामा दिल्ली र कोलकताको भेट भईसकेको अबस्था छ । निकै रोमाञ्चक बनेको खेलमा सुपर ओवरमा दिल्लीले ३ रनले बाजी पारेको थियो । दिल्लीको घरेलु मैदान फ़िरोज़ शाह कोटलामा भएको खेलमा कोलकताले सुरुमा ब्याटिंग गर्दै निर्धारित २० ओवर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ८५ रनको योगफल खडा गरेको थियो ।

यसपछि जवाफी ब्याटिङ्ग गरेको दिल्लीले पनि २० ओवरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनाएपछी खेलको टुंगो सुपर ओवरले लगाएको थियो ।

यस अर्थमा कोलकताले सो हारको बदला आज आफ्नो घरेलु मैदानमा लिन चाहन्छ भने दिल्लीले दोस्रो पटक कोलकतालाई निराश बनाउने रणनीतिका साथ् मैदान उत्रिने छ ।

अहिले सम्म कोलकताले प्रतियोगितामा ६ खेल खेल्दै ४ मा जित र २ खेलमा हार व्यहोर्दै ८ अंकसहित अकतालिकामाको दोस्रो स्थानमा रहेको छ । भने दिल्ली समान ६ खेल खेलेको भएपनि ३ मा जित र ३ मै हार व्यहोर्दै ६ अंकसहित अहिले अकतालिकामा छ्ठौ स्थानमा रहेको छ ।

दिल्लीले पहिलो खेलमा मुम्बई ईण्डियन लाई ३७ रनले पराजित गर्दै प्रतियोगिताको सुरुवात राम्रो तरिकाले गरेको थियो । दोस्रो खेलमा भने चेन्नई संग दिल्ली ६ विकेटले पराजित हुन् पुग्यो । तेस्रो खेलमा कोलकतालाई सुपर ओवरमा ३ रनले जित हासिल गर्यो भने चौथो खेलमा दिल्ली पंजाव संग १४ रनले पराजित हुन् पुग्यो ।

यसपछि पाचौ खेलमा हैदराबाद संग ५ विकेटले पराजित हुन् पुग्दा अघिल्लो खेलमा भने दिल्लीले बैंगलोरलाई ४ विकेटले पराजित गरेको थियो । यता कोलकता अघिल्लो खेलमा चेन्नई संग ७ विकेटले पराजित भएको थियो ।

आजको खेल दुवै टिमका लागि उत्तिकै मह्त्वपूर्ण रहेको छ । रोमाञ्चक बन्ने सम्भावना रहेको खेलमा दुवै टिम स्पष्ट जितको खोजीमा रहने छन ।

यता दिल्लीमा नेपालका शान सन्दिप लामिछानेलाई आजको खेलमा पनि निरन्तरता दिने सम्भावना उच्च रहेको छ । राम्रो लयमा रहेका सन्दिपले अहिले सम्म टिमको बिश्वाशमा खरो उत्रिरहेका छन । उनले अहिले सम्म ४ खेल बाट ५ विकेट लिईसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *