onlinekhelkhabar.com

Complete website for Nepali Sports News

वुमन्स च्याम्पियन्स क्रिकेट लिगको टिम तथा मार्की खेलाडीको घोषणा

चैत्र २८ , अनलाईन खेलखबर ।। क्विन्स इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडको आयोजनामा यहि जेठ ३ देखि १३ गतेसम्म त्रिवि अन्तराष्टिय क्रिकेट मैदान किर्तिपुर काठमाण्डौमा हुन् गईरहेको वुमन्स च्याम्पियन्स ट्वान्टी–२० क्रिकेट लिगको आज टिम , मार्की खेलाडी तथा टिम मालिक सार्बजनिक गरिएको छ ।

आज सुक्रबार आयोजक क्विन्स इभेन्टले पत्रकार सम्मेलन गरि प्रतियोगिताको जानकारी तथा टिम , टिम मालिक र मार्की खेलाडीहरुको घोषणा गरिएको हो ।
जस अनुसार प्रतियोगितामा मुलुकका ५ शहरको नाममा रहेका फ़ेञ्चाईज टिमको सहभागिता रहने भएको छ ।

फोटो : नेपालखबर बाट

जसमा चितवन राइनोज, ललितपुर फाल्कोन्स,पोखरा पल्टन,क्यापिटल रोयल्स काठमाडौँ र विराटनगर टाइटन्स रहेका छन । चितवन राईनोजको मार्की खेलाडीमा ईन्दु बर्मा रहेकी छिन भने मालिकमा मिङमा टण्डु शेर्पा रहेका छन । यस्तै सिर्जना जोशीको टिम ललितपुरका मार्की खेलाडी नेरी थापा रहेकी छिन् ।

यस्तै विनायक पोखरेलको टिम पोखराको मार्की खेलाडी सिता राना मगर रहेकी छिन भने दिपा अग्रवालको टिम काठमाण्डौको मार्की खेलाडी रुबिना क्षेत्रि रहेकी छिन भने सरिता मगर पारस लुनियाको टिम विराटनगरको मार्की खेलाडीको रुपमा अनुबन्धित भएकी छिन ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *