नेपालको राम्रो सुरुवात : पवन र रोहित बिच राम्रो साझेदारी हुँदा नेपालको १ सय  रन पूरा

नेपालको राम्रो सुरुवात : पवन र रोहित बिच राम्रो साझेदारी हुँदा नेपालको १ सय रन पूरा

चैत्र २९ , अनलाईन खेलखबर || आज देखि मलेसियामा सुरु भएको बिश्वकप एसिया छ्नोट क्रीकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा अहिले सिगापुरको सामना गरिरहेको अबस्था छ ।

मलेसिया क्वालालम्पुर स्थित सेलगोर टर्फ क्लबको खेल मैदानमा जारी खेलमा सिगापुरले ट्स जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

जसअनुसार नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।

नेपाल भन्दा केही कमजोर सिगापुर विरुद्ध नेपालले कस्तो प्रदशन गर्नेछ । त्यो हेर्न बाकी रहेको छ तर अहिलेको अवस्थामा नेपालले कमजोर सिगापुर विरुद्ध राम्रो सुरुवात गरिरहेको छ ।

यो समाचार तयार पार्दा सम्म नेपालले १६.५ ओवर भित्र मात्र २ बिकेट गुमाएर १ सय ४ रन बनाएर खेल्दैछ ।

जारी खेलमा नेपालको सुरुवात भने त्यति संतोषजनक भने हुन सकेको थिएन । सुरुवाती दुई ब्याट्सम्यानलाई नेपालले सस्तैमा गुमाएको थियो ।

पहिलो बिकेटका रुपमा नेपालले ओपनर रित गौतमलाई टिमको स्कोर ३ रन हुँदा ब्यक्तिगत १ रनमा दोस्रो ओवरमै गुमाएको थियो ।

यस्तै दोस्रो बिकेटका रुपमा नेपालले मोहम्मद आशिफ शेखलाई ८ रनमा गुमाएको थियो ।

अहिले मैदानमा कप्तान रोहित कुमार पौडेल र पवन सरार्फले राम्रो साझेदारी गर्दै नेपालको ईनिङलाई अगाडि बढाईरहेका छ्न ।

रोहित ४० रन र पवन ४५ रनमा अबिजित रह्दै ब्याटिङ गरिरहेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *