onlinekhelkhabar.com

Complete website for Nepali Sports News

वुमन्स च्याम्पियन्स ट्वान्टी–२० क्रिकेट लिग जेठमा हुने

चैत्र २८ , अनलाईन खेलखबर ।। क्विन्स इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले त्रिवि अन्तराष्टिय क्रिकेट मैदान किर्तिपुर काठमाण्डौमा गर्न लागेको वुमन्स च्याम्पियन्स ट्वान्टी–२० क्रिकेट लिग अब पूर्व निर्धारित समय भन्दा केहि दिन पछि सर्दै जेठ ३ गते देखि १३ गते सम्म प्रतियोगिता हुने भएको छ ।

आज आयोजक क्विन्स इभेन्टले प्रेश बिज्ञप्ति जारी गर्दै प्राबिधिक कारण देखाउदै प्रतियोगिताको मिति पर सारेको जानकारी गराएको छ । यसअघि लिग चैत २२ गतेबाट लिग सुरु हुने भनिएको थियो ।

लिगमा विभिन्न शहरका ५ फ्रेन्चाइज टोलीको सहभागिता हुने आयोजकले जानकारी दिएको छ । सहभागी टोली, लोगो र मार्की खेलाडीबारे भोलि शुक्रबार जानकारी गराइने बताइएको छ।

च्याम्पियन्स लिगमा नेपालका विभिन्न ५ शहरका ५ फ्रेन्चाइजी टोली सहभागिता रहने छ । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्