बिश्वकप छनोट प्रतियोगिताका लागि नेपाल तयार : नेपालको लक्ष्य बिश्वकप पुग्ने
चैत्र २८ ,अनलाईन खेलखबर || भोलि सुक्रवार देखि २० तारीख सम्म मलेसियामा हुने यु – १९ बिश्वकप एसिया छ्नोट प्रतियोगिताको लागि नेपाली युवा क्रीकेट टोलि पनि तयारी अबस्थामा छ ।
प्रतियोगिताको प्रमुख दाबेदार तथा अर्को बर्ष दक्षिण अफ्रिकामा हुने अन्डर नाईन्टिन बिश्वकपमा खेल्ने लक्ष्य सहित मलेसिया पुगेको नेपालि टोलि अहिले उच्च मनोबलमा रहेको छ ।
प्रतियोगिताको पुर्बसन्धामा आज मलेसियामा आयोजित संचारकर्मी सँगको कुराकानीमा नेपालका कप्तान रोहित कुमार पौडेलले पनि सोहि कुरालाई दोर्हाएका थिए । उनि विश्वस्त समेत देखिन्थे । भारत भ्रमण सँगै टिमको तयारी पनि राम्रो भएको भन्दै रोहितले आफ्नो पूर्व रणनीति अनुसार टिम प्रतियोगितामा समेत खेल्ने उनले बताए ।
उनले यसपटक टिमको ब्याटिंग पक्षमा पनि सुधार आएको भन्दै टिमले राम्रो गर्नेमा उनि आशाबादी देखिएका थिए ।
मलेसिया जानु अघि नेपालले प्रतियोगिताको अन्तिम तयारी स्वरुप भारत भ्रमणमा रहेर त्यहाका टिमहरु संग अभ्यास खेल खेलेको थियो । त्यसैको आधारमा
नेपालले आफ्नो अन्तिम १४ सदस्यीय टोलिको घोषणा गरेको थियो ।
जसअनुसार रोहित कुमार पौडेलले टिमको कप्तानी गर्दैछन । भने बिनोद दास मुख्य प्रशिक्षकमा रहेको टिममा रोहित सगैँ अभिषेक बस्नेत , भिम सार्की , हरि बहादुर चौहान , कमल सिँह एरि , कुशल मल्ल , पवन सरार्फ , मोहम्मद आशिफ शेख , प्रतिस जिसि , राशिद खान , रित गौतम , सागर ढकाल , सन्दिप जोरा र सुर्य तामाङ टिममा परेका छ्न ।
यस्तै बैकल्पिक खेलाडीको रुपमा आकाश चन्द , शेर मल्ल , लोकेश बहादुर बम र रबि कुमार शाह रहेका छ्न ।
प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया , ओमान , सिगापुर , युएई र कुबेत रहेका छ्न । प्रतियोगिताको पहिलो स्थान हासिल गर्ने टिमले आगामी बिश्वकपमा स्थान बनाउने छ ।
यता नेपालले प्रतियोगिताको सुरुवात भोलि सुक्र्वार सिंगापुर बिरुद्द खेलेर गर्नेछ । खेल नेपालि समय अनुसार बिहान पौने आठ बजेपछि मलेसिया क्वालालम्पुर स्थित सेलंगोर टर्फ क्लबको खेल मैदानमा हुनेछ । यस्तै नेपालले आफ्नो दोस्रो खेल युएई बिरुद्द अप्रिल १३ मा खेल्नेछ भने तेस्रो खेलमा अप्रिल १५ मा आयोजक मलेसियाको सामना गर्नेछ । भने १६ तारिखमा ओमान र १८ तारिखमा नेपालले कुबेतको सामना गर्नेछ ।