![प्रदेश ३ ले उचाल्यो अन्डर सिक्टिन क्रिकेट प्रतियोगिताको उपाधि](https://onlinekhelkhabar.com/wp-content/uploads/IMG_6775-e1554720816961.jpg)
प्रदेश ३ ले उचाल्यो अन्डर सिक्टिन क्रिकेट प्रतियोगिताको उपाधि
चैत्र २५ , अनलाईन खेलखबर ।। युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा राष्ट्रिय खेलकुदको परिषदको समन्वयमा र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको ब्यबस्थापनमा काठमाण्डौ किर्तिपुर स्थित त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा सम्पन्न अण्डर सिक्टिन स्कुल क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर ३ ले उचालेको छ ।
आज भएको प्रतियोगिताको फाईनल खेलमा प्रदेश ५ लाई ३३ रनले पराजित गर्दै प्रदेश ३ प्रतियोगिताको च्याम्पियन भएको हो ।
खेलमा टस जितेर प्रदेश ३ ले पहिले ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित ३० ओवर पुरै सामना गर्दै ५ विकेट गुमाएर १ सय ६२ रनको योगफल खडा गरेको थियो । प्रदेश ३ का लागि ब्याटिंगमा अभिषेक उपाध्यायले सर्बाधिक धेरै रन बनाउने क्रममा अर्धसतकिय ५६ रनको योगदान गरेका थिए । ७१ बलको सामना गरेका उनले २ चौकाको मद्दतमा उक्त रन बनाउन सफल भएका थिए ।
यस्तै टिमका लागि दिपक बोहराले पनि ३० तथा प्रशान्तले अविजित रहदै ३४ रनको योगदान गरेका थिए । भने अशोक पौडेलले १४ रन बनाउदा बिपिन शाहीले १० रनको योगदान टिमलाई गरेका थिए ।
बलिङ्ग तर्फ प्रदेश ५ का लागि रमेश र सुरज खडकाले समान २/२ विकेट लिन सफल भए ।
यसपछि प्रदेश ३ ले दिएको १ सय ६३ रनको ठुलो लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ्ग गर्न मैदानमा उत्रिएको प्रदेश ५ ले निर्धारित ३० ओवर पुरै खेल्दै ८ विकेट गुमाएर १ सय ३९ मा सिमित हुन् पुगेपछि प्रदेश ३ ले उपाधि आफ्नो नाममा लेखाउन सफल भयो ।
प्रदेश ५ का लागि ब्याटिङ्गमा बिशाल बिक्रम केसीले ४४ रन तथा अमर मिश्राले २९ र सुशान्त थापाले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य योगदान दिन असफल भएपछी टिम निराश हुन् पुगेको थियो ।
बलिङ्ग तर्फ प्रदेश ३ का लागि बिबेक र दिपक बोहराले समान २/२ विकेट लिए भने सक्रिय कार्कीले १ विकेट लिन सफल भए ।
प्रतियोगिताको विजेता प्रदेश ३ ले १ लाख ५० हजार बराबरको खेल सामग्री प्राप्त गर्न सफल भयो भने उपविजेता प्रदेश ५ ले ७५ हजार बराबरको खेलकुद सामग्री प्राप्त गर्न सफल भए ।
यता प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश ५ का बिशाल बिक्रम केसी घोषित भए । भने उत्कृष्ट ब्याट्सम्यान प्रदेश ३ का आईस भटराई हुदा उत्कृष्ट बलर भने प्र्देश ५ का रमेश कुर्मी घोषित भए यस्तै प्रतियोगिताको उदायमान खेलाडिका रुपमा गण्डकी प्रदेशका अर्जुन कुमाल चुनिए ।
चैत्र १९ गते देखि सुरु भएको यो प्रतियोगितामा देशका ७ वटै प्रदेशको सहभागिता रहेको थियो । अब यहि आउदो अप्रिल १८ देखि २९ सम्म थाईल्यान्डमा हुन लागेको एसीसी यू-१६ इस्टर्न रिजनको लागि यसै प्रतियोगिताबाट खेलाडी छनोट गरिनेछ । प्रारम्भिक छनोटमा २५ खेलाडी र त्यसपछि १४ खेलाडी अन्तिम टोलीमा छनोट हुनेछन् ।
अब हेर्नुहोस प्रतियोगिताको पुरस्कार वितरण समारोह तस्बिरमा