onlinekhelkhabar.com

Complete website for Nepali Sports News

डिपिएल क्रीकेट : पहिलो खेल मा काठमाडौ बिजयी , काठमाडौ को जितमा अमीत र आलम को उत्कृष्ट पारी

चैत्र १७ , अनलाईन खेलखबर || नेपाली क्रीकेट ईतिहास कै सर्बाधिक ठूलो पुरस्कार राशी रहेको धनगढि पृमियर लिग ( डिपिएल ) को आज भएको काठमाडौ गोल्डेन्स र टिम चौराहा धनगढी बिच को पहिलो उदघाटन खेल मा काठमाडौ गोल्डेन्स ७ विकेट ले बिजयी भएको छ ।।

१ सय ४६ रनको बिजयी लक्ष्य पछ्याएको काठमाडौ गोल्डेन्स ले उक्त लक्ष्य १८.४ ओवर मा मात्र ३ विकेट गुमाएर भेटायो । आज टिम चौराहा धनगढी माथी महत्त्वपूर्ण जित हासिल गर्न ब्याटिङ मा अमित श्रेष्ठ ले उत्कृष्ट पारी खेल्ने उनले अबिजित ८१ रन को पारी खेल्दा टिम लाई सहज जित हासिल गर्न सफल भयो , उनले ६५ बलको सामना गरेर उक्त अर्थसतकिय पारी खेलेका हुन । यस्तै नरेश बुढाएर ले टिम लाई जित तर्फ अग्रसर गर्न अमित सगँ राम्रो साझेदारी गरेका छन उनले अबिजित २४ रनको योगदान टिम लाई दिन सफल भए , सुरुवात देखि नै राम्रो गरेको काठमाडौ ले पहिलो बिकेट जयकिशन कोल्सावाला लाई १६ रन मा गुमाएको थियो , यसपछि काठमाडौ का कप्तान ज्ञानेन्द्र मल्ल ले संतोषजनक प्रंदशन गर्न असफल रहे उनले मात्र १० रन बनाएका थिए यस्तै समि पटेल ले ७ बलको सामना गर्दै ७ रन नै बनाएका थिए ।

बलिङ तर्फ टिम चौराहा धनगढि का लागि सम्साद शेख ले २ विकेट लिए भने सुनिल धमला ले १ बिकेट हात पार्न सफल भए ।

यस अगि एसएसपि क्रीकेट मैदान धनगढी मा टस जितेर ज्ञानेन्द्र मल्ल ले कप्तानी मा रहेको काठमाडौ गोल्डेन्स ले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । टस हारी पहिले ब्याटिङ गर्न निम्तो पाएको सोमपाल कामी को कप्तानी मा रहेको टिम चौराहा धनगढि ले २० ओवर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो

टिम चौराहा धनगढी ले सुरुवात निकै नै राम्रो गरेको थियो , पहिलो बिकेट का लागि ५५ रनको साझेदारी हुदाँ ५.५ ओवर मा पुनित मिस्रा लाई गुमाएको टिम चौराहा ले दोस्रो बिकेट का रुपमा सङखर राना लाई ३६ रन मा गुमाएको थियो , यता ओपनर सुनिल धमला को एक अर्थसतकिय उत्कृष्ट पारी खेलेका थिए उनले चौका र छ्क्का को बर्शात गर्दै ५७ बल मा ६८ रनको योगदान गरेका थिए ।

धमला ले टिम लाई ठूलो स्कोर तर्फ अग्रसर गराउदै गर्दा शाहब आलम को बल मा आउट हुन पुगे , यसपछि काठमाडौ ले निकै राम्रो कम ब्याक गर्यो १७ औं ओवर ले शाहब आलम ले ह्याटरिक लिन सफल भए , १७.३ औ ओवर मा सुनिल धमला आउट हुदा , अर्को बल मा सोमपाल कामी आउट हुन पुगे र यस्को अर्को बल मा आलम का लागि ह्याटरिक बल मा सोनु तामाङ सिकार बन्न पुगे यसपछि राजु रिजाल ले १० रन र योगेन्द्र कार्की ले अबिजित ५ रन बनाएका थिए ।

बलिङ तर्फ भने प्रतियोगिता को पहिलो ह्याटरिक लिन सफल साहब आलम ले ३ विकेट लिदा रसिद खान , शनि पटेल र किशोर महतो को नाम मा समान १/१ विकेट हात पर्यो ।।।

अब भोलि आईतवार दुई खेल हुने छ । पहिलो खेल ९ बजे पछि रुपन्देही च्यालेन्जर्स र सिवाईसी अत्तेरिया र अर्को खेल १ बजे पछि महेन्द्रनगर युनाईटेड र बिराटनगर किग्स बिच हुनेछ ।

चैत्र ३० गते सम्म चल्ने प्रतियोगिता मा कुल ६ टिम रहेका छ्न । आजको खेल एपिवान टेलिभिजन ले प्रत्यक्ष प्रशारण गरिरहेको छ । साथै अनलाईन मार्फत आईफ्लिक्स एप्स बाट पनि हेर्न सकिने छ ।

प्रतियोगिता मा काठमाडौ गोल्डेन्स , बिराटनगर किंग्स , महेन्द्रनगर युनाईटेड , टिम चौराह धनगढी , सिवाईसी अत्तेरिया र रुपन्देही च्यालेन्जर्स गरि कुल ६ टिम को सहभागिता रहेको छ | डिपिएल यस दोस्रो संस्करण सम्म आईपुग्दा निकै नै प्रसकृत भएको देखिन्छ । पहिलो पटक आईसीसी ले समेत प्रतियोगिता लाई मान्यता दिएँ पछि झनै डिपिएल को रौनक बढ्को देखिन्छ । आईसीसी को मान्यता पाएँसगै यसपटक बाट बिदेशी खेलाडी पनि यस प्रतियोगिता खेल्दै छन् |

नेपाली क्रीकेट ईतिहास मै सर्बाधिक तुलो पुरस्कार रहेको यस प्रतियोगिता को बिजेता टिमले २५ लाख , उपबिजेता ले १० लाख , तेस्रो हुने टिम ले ३ लाख र चौथो हुने टिम ले २ लाख नेपाली रुपैया पाउने छ्न ।यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी लाई टिभिएस अपाचे १८० सिसि को मोटरसाइकल प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ द म्याच ले १० हजार नगद प्राप्त गर्ने छ्न । यस्तै डिपिएल को “मस्ट भ्यालुएवल प्लेयर ” ले नेपाली क्रीकेट ईतिहास मै पहिलो पटक गोल्डेन जुत्ता पुरस्कार पाउने भएका छ्न , जसलाई गोल्ड स्टार जुत्ताले प्रायोजक गरेको छ |

करिव १३ दिन सम्म चल्ने उक्त प्रतियोगिता मा ६ टिम को सहभागिता रहेको छ जसमा कुल १९ खेल समाबेश गरिएको छ । भने प्रतियोगिता को फाईनल खेल चैत्र ३० गते हुनेछ । प्रतियोगिता को नियम अनुसार शीर्ष दुई टिम क्वालिफायरमा पुग्नेछन्। तेस्रो र चौथोबीच एलिमिनेटर हुनेछ। र एलिमिनेटर मा बिजयी टोलि ले पहिलो क्वालिफायर को पराजित टिम सगँ दोस्रो क्वालिफायर खेल्नु पर्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *