onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

राजस्थानलाई पराजित गर्दै कोलकता शीर्ष स्थानमा उक्लियो

चैत्र २५ , अनलाईन खेलखबर ।। ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत गएराती सम्पन्न प्रतियोगिताको २१ औं खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई शानदार ८ विकेटले पराजित गरेको छ ।

जित संगै कोलकाता नाइट राइडर्स अहिले ५ खेलबाट ४ मा जित १ मा हार व्यहोर्दै ८ अंकसहित अंकतालिकामा पहिलो स्थानमा उक्लिएको छ । भने पराजित हुन पुगेको राजस्थान रोयल्सको ५ खेलबाट १ खेलमा मात्र जित निकाल्दै २ अंकसहित सातौ स्थानमा रहेको छ ।

खेलमा राजस्थान रोयल्सले दिएको १ सय ४० रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ्ग गरेको कोलकाता नाइट राइडर्सले १३.५ ओवरमा मात्र २ विकेट गुमाएर उक्त बिजयी लक्ष्य भेटायो ।

कोलकाता नाइट राइडर्सको जितमा ओपनिङ्ग साझेदारी ९१ रनको हुन् पुगेपछि कोलकताले राजस्थानमाथि सहज जित हासिल गरेको हो । ओपनरद्रय सुनील नारायण र क्रिस लिन बिच उक्त साझेदारी हुन पुगेको थियो । पहिलो विकेटका रुपमा टिमले सुनिल नारायणलाई व्यक्तिगत ४७ रनमा गुमाएको थियो । उनले २५ बलको सामना गर्दै ६ चौका र ३ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि क्रिस लिनले अर्धसतकिय ५० रनको पारी खेले भने रॉबिन उथप्पा र शुबमन गिल अविजित रहदै क्रमश : २६ र ६ रन बनाएका थिए ।

बलिङ्गमा राजस्थानका लागि श्रेयस गोपालले २ विकेट लिएका थिए ।

यसअघिसवाई मानसिंह स्टेडियम, जयपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओवर पुरै खेल्दै ३ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो ।

राजस्थानका लागि स्टीवन स्मिथले अविजित रहदै ७३ रन बनाएपनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा राजस्थान मध्यम स्कोरमा रोकिएको थियो । स्मिथले ५९ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे। यस्तै जोस बटलरले ३७ रन बनाए । कप्तान अजिन्का रहाने ५ र राहुल त्रिपाटी ६ रनमा आउट हुन् पुग्दा बेन स्टोक ७ रनमा अविजित रहे ।

बलिङ्ग तर्फ कोलकताका लागि हैरी गुरनीले २ विकेट लिए भने प्रशिध कृष्णाले १ विकेट लिन सफल भएका थिए ।

प्रतियोगिता अन्तर्गत आज एक खेल हुनेछ । राति सवा ८ बजेपछि हुने खेलमा किग्स ईलाभेन पंजावले हैदराबादको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्