onlinekhelkhabar.com

Complete website for Nepali Sports News

डिपिएल क्रीकेट सुरु : उद्घाटन खेल हुँदै , दर्शकहरु को उल्लेख उपस्थिति

चैत्र १७ , अनलाईन खेलखबर | डिपिएल आज बाट सुरु भएको छ , उदघाटन खेल मा अहिले सोमपाल कामी को टिम टिम चौराहा धनगढी र ज्ञानेन्द्र मल्ल को कप्तानी मा रहेको काठमाडौ गोल्डेन्स बिच अहिले जारी रहेको छ ।

एसएसपि क्रीकेट मैदान मा हुने खेल मा आज टस जितेर काठमाडौ ले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । अब टिम चौराहा धनगढी ले अबको केही छिन पछि ब्याटिङ गर्ने छ । यस बिच मा आज को खेल हेर्न दर्शक हरु को उल्लेख्य सहभागिता रहेको छ |

खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको अनुभूति हुने गरी पिच र मैदान आकर्षक ढंगले तयार गरिएको छ भने दर्शकहरु बस्नका लागि झण्डै सात हजार क्षमताको अस्थायी ‘प्यारापिट’ निर्माण गरिएको छ ।

आइसिसीको मान्यतासमेत पाएको प्रतियोगितामा मैदानमा ठूलो पर्दाको व्यवस्थाका साथै खेलको पुनःप्रसारण (रिप्ले)को व्यवस्था हुन लागेको छ ।

कूल १९ वटा खेल खेलाइने प्रतियोगिताको विजेताले रु २५ लाख, उपविजेताले रु १० लाख तेस्रो हुनेले रु तीन लाख र चौथो हुनेले रु दुई लाख पाउनेछन् ।

यसबाहेक प्रतियोगिताको ‘म्यान अफ दि सिरिज’को उपाधि पाउने खेलाडीले मोटरसाइकल, गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरको उपाधि पाउनेले गोल्डन बुट र प्रत्येक खेलको ‘म्यान अफ द म्याच’को उपाधि पाउनेले रु १० हजार पुरस्कार पाउनेछन् ।

टिम चौराहा धनगढि
सोमपाल कामी (रणनीतिक खेलाडी), योगेन्द्रसिंह कार्की, ललितसिंह भण्डारी, सोनु तामाङ, राजेश पुलामी मगर, विजय राना, शंकर राना, रवीन्द्रजंग शाही, शम्साद शेख, राजु रिजाल, आसु कन्दोइ तथा महेश अधिकारी । बिदेशी खेलाडी : पुनित मिश्रा र युनाइटेड अरब इमिरेट्स(युएई)का कप्तान रोहन मुस्तफा

काठमाडौ गोल्डेन्स
ज्ञानेन्द्र मल्ल (रणनीतिक खेलाडी), नरेश बुढाऐर, ललित राजवंशी, अमित श्रेष्ठ, शाहब आलम, किशोर महतो, सन्तोष भट्ट, रसिद खान, पुष्पा थापा, सञ्जय श्रेष्ठ, भुपेन्द्र थापा, विक्रम ठगुन्ना तथा सञ्जय वस्नेत । बिदेशी खेलाडी : जयकिसन कोल्सावाल र सन्नी पटेल

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *