बैंगलोरद्रारा दिल्ली सामु सम्मानजनक लक्ष्य प्रस्तुत : सन्दिप महँगा साबित

बैंगलोरद्रारा दिल्ली सामु सम्मानजनक लक्ष्य प्रस्तुत : सन्दिप महँगा साबित

चैत्र २४ , अनलाईन खेलखबर ।। बिश्वको सबैभन्दा ठुलो तथा चर्चित् ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत अहिले रोयल च्यालेंजर्स बैंगलोर र दिल्ली क्यापिटत्स बिचको खेल अहिले जारी रहेको छ ।

एम चिन्नास्वामी रंगशालामा जारि खेलमा दिल्लीले टस जितेर घरेलु टोली बैंगलोरलाई पहिले ब्याटिंगको निम्तो दिएको थियो । जसअनुसार बैंगलोरले निर्धारित २० ओवर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको छ ।

खराब सुरुवात गरेको बैंगलोरले पहिलो विकेटका रुपमा टिमको स्कोर १.६ ओवरमा १६ रन हुदा ओपनर ब्याट्सम्यान पार्थिव पटेललाई व्यक्तिगत ९ रनमा गुमाएको थियो । उनि क्रिस मोरिसको बलमा सन्दिप लामिछानेको हात बाट क्याच आउट हुन् पुगेका थिए ।

यसपछि बैंगलोरले अर्का भरपर्दा ब्याट्सम्यान एबी डिविलियर्स लाई १७ रनमा गुमाएपछि टिमले केहि अप्ठयारो महसुश गरेको थियो । यसपछि टिम सम्हालिएर खेल्ने रणनीतिका साथ् ब्याटिङ्ग गरेको थियो । तर दुर्भाग्य मार्कस स्टोइनिसलाई टिमले लगत्तै सस्तैमा गुमायो । उनि मात्र १५ रन बनाएर आउट हुन् पुगे ।

यस्तै मोईन अलिले ३२ रनको योगदान गरे । चौथो विकेटका रुपमा पभेलियन फर्किएका उनले १८ बलमा १ चौका र ३ छक्काको मद्दतमा उक्त रन बनाउदै सन्दिप लामिछानेको बलमा आउट हुन् पुगेका थिए ।

र टिमका कप्तान बिराट कोहलीले टिमको लागि ४१ रनको योगदान गरे । ईनिङ्गको सर्बाधिक धेरै रन बनाउने क्रममा उनले ३३ बलको सामना गर्दै १ चौका र २ छक्काको मद्दतमा उनले उक्त रन बनाएका थिए । यस्तै टिमका लागि अक्षदीप नाथले पनि १९ रनको योगदान गरे ।

बलिङ्ग तर्फ दिल्लीका लागि कगिसो रबाडाले सर्बाधिक ४ विकेट लिए । भने क्रिस मोरिसले २ विकेट लिदा अक्षर पटेल र सन्दिपले समान १/१ विकेट लिए ।नेपालका सन्दिप लामिछानेले ४ ओवर बलिङ्ग गर्दै ४६ रन खर्चिएर १ विकेट लिए । यो संगै जारी प्रतियोगितामा उनको विकेट सङ्गख्या ५ पुगेको छ ।

यसअघिका खेलमा केहि ईकोनोमि बलिङ्ग गरेका सन्दिप आज भने केहि महगा साबित भए । उनले ईनिङ्गको १० , १२ ,१५ र १७ औँ ओवर बलिङ्ग गरेका थिए । जसमा उनको पहिलो ओवरमा १० रन खर्चिएका उनले दोस्रो ओवरमा मात्र ६ रन दिए यस्तै तेस्रो ओवरमा उनले १ विकेटका साथमा ११ रन खर्चिएका थिए तर उनको अन्तिम ओवरमा भने उनि महगो साबित हुन् पुगे जसमा १९ रन खर्चिएका थिए ।

अब बैंगलोरले दिएको १ सय ५० रनको बिजयी चुनौती पछ्याउदै दिल्लीले अबको केहि समय पछि जवाफी ब्याटिङ्ग गर्नेछ ।

प्रतियोगितामा जित बिहिन रहेको बैंगलोर र दिल्ली बिचको अहिले जारी खेल दुवै टिमका लागि उत्तिनै महत्वपुर्ण रहेको छ ।

लगातार ५ खेलमा पराजित भएको बैंगलोरलाई प्ले अफ पुग्न अब बाकी रहेका खेलमा राम्रो गर्दै नतिजा आफ्नो पक्षमा पार्नु पर्ने देखिन्छ । भने नयाँ जोश र उमंङ्गको साथमा रहेको दिल्लीलाई पनि अबको खेल निकै महत्वपुर्ण रहेको छ

जित बिहिन रहेको बैंगलोर अहिले अंकतालिकाको अन्तिम स्थानमा रहेको छ । भने दिल्ली ५ खेलबाट २ खेलमा जित र ३ मा हार व्यहोर्दै अहिले ४ अंक सहित अंकतालिकाको छठौ स्थानमा रहेको छ ।

दिल्लीले प्रतियोगितामा राम्रो सुरुवात गरेको भएपनि आशाका किरण बाढेपनि त्यो निरन्तरता हुन् भने सकेको छैन । दिल्लीले पहिलो खेलमा मुम्बई ईण्डियनलाई ३७ रनले पराजित गर्दै प्रतियोगिताको शानदार सुरुवात गरेको थियो ।

यसपछि दोस्रो खेलमा चेन्नई सँग दिल्ली ६ विकेटले पराजित हुन् पुग्यो । तेस्रो खेलमा दिल्लीले कम ब्याक गर्दै रोमाञ्चक सुपर ओवरमा गएको खेलमा कोलकतालाई ३ रनले निराश बनाएको थियो । यसपछि दिल्ली लगातार दुई खेलमा पराजित हुन् पुग्यो ।

चौथो खेलमा दिल्ली पंजाव सँग १४ रन तथा अघिल्लो खेलमा हैदराबाद सँग ५ विकेटले पराजित हुन् पुगेको थियो ।

दिल्लीका लागि फेरी प्रतियोगितामा कम ब्याक गर्न आज राम्रो मौका हुनेछ । लय बिहिन रहेको बैंगलोर माथि जित निकाल्दै प्रतियोगितामा मा रहिरहन र टिमको मनोबलमा उच्च राख्न पनि यस अर्थमा दिल्लीको असली परिक्षा आज पक्कै हुनेछ ।

यसअघिका पछिल्ला खेलमा सुरुवात राम्रो गरेपनि उचित समयमा फ़िनिसिङ्गमा चुक्दै आएको दिल्लीले त्यसबाट पाठ सिक्दै आफ्ना कमि कमजोरीलाई समयमै ब्यबस्थापक गरे दिल्लीको प्ले अफ पुग्ने सम्भावना अझै जिवित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *