onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सन्दिपको पहिलो ओवर : मात्र १० रन खर्चिए

चैत्र २४ , अनलाईन खेलखबर ।। नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आबद्द दिल्लीले क्यापिटल्सले अहिले आईपिएल अन्तर्गत आफ्नो छठौ तथा प्रतियोगिताको २० औँ खेलमा बिराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेंजर्स बैंगलोरको सामना गरिरहेको आबस्था छ ।

बैंगलोरको घरेलु मैदान एम चिन्नास्वामी रंगशालामा जारि खेलमा पाहुना टोली दिल्लीले टस जितेर बैंगलोरलाई पहिले ब्याटिङ्गको निम्तो दिएको थियो । जसअनुसार बैंगलोरले अहिले ब्याटिङ्ग गरिरहेको छ । १० ओवरको समाप्तिमा बैंगलोरले २ विकेटको क्षतिमा ६३ रन बनाईसकेको अबस्था छ । अहिले मैदानमा मार्कस स्टोइनिस र बिराट कोहली रहेका छन ।

यता सन्दिपले आफ्नो पहिलो ओवर तथा ईनिङ्गको १० औ ओवर बलिङ्ग गर्दै १० रन खर्चिएका छन ।

प्रतियोगितामा जित बिहिन रहेको बैंगलोर र दिल्ली बिचको अहिले जारी खेल दुवै टिमका लागि उत्तिनै महत्वपुर्ण रहेको छ ।

लगातार ५ खेलमा पराजित भएको बैंगलोरलाई प्ले अफ पुग्न अब बाकी रहेका खेलमा राम्रो गर्दै नतिजा आफ्नो पक्षमा पार्नु पर्ने देखिन्छ । भने नयाँ जोश र उमंङ्गको साथमा रहेको दिल्लीलाई पनि अबको खेल निकै महत्वपुर्ण रहेको छ

जित बिहिन रहेको बैंगलोर अहिले अंकतालिकाको अन्तिम स्थानमा रहेको छ । भने दिल्ली ५ खेलबाट २ खेलमा जित र ३ मा हार व्यहोर्दै अहिले ४ अंक सहित अंकतालिकाको छठौ स्थानमा रहेको छ ।

दिल्लीले प्रतियोगितामा राम्रो सुरुवात गरेको भएपनि आशाका किरण बाढेपनि त्यो निरन्तरता हुन् भने सकेको छैन । दिल्लीले पहिलो खेलमा मुम्बई ईण्डियनलाई ३७ रनले पराजित गर्दै प्रतियोगिताको शानदार सुरुवात गरेको थियो ।

यसपछि दोस्रो खेलमा चेन्नई सँग दिल्ली ६ विकेटले पराजित हुन् पुग्यो । तेस्रो खेलमा दिल्लीले कम ब्याक गर्दै रोमाञ्चक सुपर ओवरमा गएको खेलमा कोलकतालाई ३ रनले निराश बनाएको थियो । यसपछि दिल्ली लगातार दुई खेलमा पराजित हुन् पुग्यो ।

चौथो खेलमा दिल्ली पंजाव सँग १४ रन तथा अघिल्लो खेलमा हैदराबाद सँग ५ विकेटले पराजित हुन् पुगेको थियो ।

दिल्लीका लागि फेरी प्रतियोगितामा कम ब्याक गर्न आज राम्रो मौका हुनेछ । लय बिहिन रहेको बैंगलोर माथि जित निकाल्दै प्रतियोगितामा मा रहिरहन र टिमको मनोबलमा उच्च राख्न पनि यस अर्थमा दिल्लीको असली परिक्षा आज पक्कै हुनेछ ।

यसअघिका पछिल्ला खेलमा सुरुवात राम्रो गरेपनि उचित समयमा फ़िनिसिङ्गमा चुक्दै आएको दिल्लीले त्यसबाट पाठ सिक्दै आफ्ना कमि कमजोरीलाई समयमै ब्यबस्थापक गरे दिल्लीको प्ले अफ पुग्ने सम्भावना अझै जिवित रहेको छ ।

दिल्लीको अन्तिम ११ टिम : पृथ्वी शॉ, शिखर धवन, श्रेयस अय्यर , ऋषभ पंत , राहुल तेवतिया, कॉलिन इनग्राम, क्रिस मॉरिस, एक्सर पटेल, कैगिसो रबाडा, इशांत शर्मा, संदीप लामिछाने

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *