onlinekhelkhabar.com

Complete website for Nepali Sports News

डिपिएल आज बाट भब्य रुपमा सुरु हुँदै : उद्घाटन खेल मा काठमाडौ र धनगढी भिडदै ।

चैत्र १७ , अनलाईन खेलखबर || नेपाली क्रीकेट ईतिहास कै सर्बाधिक ठूलो पुरस्कार राशी रहेको धनगढि प्रिमियर लिग ( डिपिएल ) आज बाट सुरु हुदैछ चैत्र ३० सम्म चल्ने प्रतियोगिता मा आज पहिलो उदघाटन खेल टिम चौराह धनगढि र काठमाडौ गोल्डेन्स बिच हुदैछ ।

आज हुने खेल मा धनगढि डिफेन्डिङ च्याम्पियन टिम हो , जसमा अघिल्लो बर्ष पारस खड्का ले कप्तानी गरेका थिए भने यसपालि सोमपाल कामि ले कप्तान गर्दै छ्न । र काठमाडौ गोल्डेन्स को कप्तानी नेपाली रास्टिय टोलि का उप कप्तान ज्ञानेन्द्र मल्ल ले गरेका छ्न ।

प्रदेश नब्बर ७ को सङ्गिय प्रहरी ईकाई कार्यलय को खेल मैदान मा हुने खेल उदघाटन सत्र , केही मनोरञ्जनात्मक कार्यक्रम पछि मात्र करिव १ बजे पछि सुरु हुनेछ ।

यसै बिच मा अहिले धनगढि सहर क्रीकेट मय बन्दै गएको छ । सनिवार देखि धनगढी मा हुन गैरहेको सर्बाधिक ठूलो प्रतियोगिता डिपिएल का लागि प्रचारप्रसार निकै ब्यापक गरिएको अबस्थामा छ ।। जसमा करिव ५५० पोलहरु मा प्रतियोगिता को पोस्टर लाई सजाईएको छ , भने शहर का मुख्य मुख्य भाग मा प्रबेशद्रार निर्माण पनि गरिएको छ यस्तै डिपिएल का पोस्टर विभिन्न सवारी साधन मा समेत टासिएको छ साथै दैनिक रुप मा माईकिङ मार्फत प्रतियोगिता को प्रचारप्रसार मा आयोजक लागीपरेको छ ।

डिपिएल यस दोस्रो संस्करण सम्म आईपुग्दा निकै नै प्रसकृत भएको देखिन्छ । पहिलो पटक आईसीसी ले समेत प्रतियोगिता लाई मान्यता दिएँ पछि झनै डिपिएल को रौनक बढ्को देखिन्छ । आईसीसी को मान्यता पाएँसगै यसपटक बाट बिदेशी खेलाडी पनि यस प्रतियोगिता खेल्नेछ्न । यस अगि काठमाडौ मा भएको एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) मा बिदेशी खेलाडी खेलिसकेका छ्न र यसको निरंतरता डिपिएल ले यस संस्करण बाट गर्दै छ ।
कुल ६ टिम सहभागी रहने प्रतियोगिता मा काठमाडौ गोल्डेन्स , बिराटनगर किंग्स , महेन्द्रनगर युनाईटेड , टिम चौराह धनगढी , सिवाईसी अत्तेरिया र रुपन्देही च्यालेन्जर्स को सहभागिता रहने छ ।

प्रतियोगिता को अक्सन मार्फत खेलाडी छनोट भैईसकेको छ भने रनणितिक खेलाडी ,स्थानिय ट्यालेन्ट हन्ट मार्फत डिपिएल को बाध्यकारि नियम अनुसार स्थानिय खेलाडी सुदुर पच्छिम कै खेलाडी हरु छनोट भैइसकेको अबस्थामा छ |बिदेशी खेलाडी को हक मा प्रत्येक टिम ले २ बिदेशी खेलाडी अनुबन्धित गर्न पाउने ब्यबस्था अनुरुप नै अहिले टिम हरु ले बिदेशी खेलाडी आफ्नो टिम मा अनुबन्धित गरि सकेका छन् |

डिपिएल को दोस्रो संस्करण मा सहभागी ६ टिम का रणनितिक खेलाडी मा पारस खड्का बिराटनगर किंग्स , यस्तै काठमाडौ गोल्डेन्स का मा ज्ञानेन्द्र मल्ल , महेन्द्रनगर युनाईटेड मा बिनोद भन्डारी , टिम चौराहा धनगढि मा सोमपाल कामी , सिवाईसि अत्तेरिया मा दिपेन्द्र सिँह एरि र शक्ति गौचन रुपन्देही च्यालेन्जर्स का रणनितिक खेलाडी यस अगि नै छनोट भएका थिए ।

यसपालि को डिपिएल मा के छ मुख्य कुरा भन्दा खेरी आउँछ यसको पुरस्कार , हो जुन नेपाली क्रीकेट ईतिहास मै सर्बाधिक रहेको छ । हाल सम्मै कै सर्बाधिक धनराशि यसपटक रहेको छ । जसमा बिजेता टिमले २५ लाख , उपबिजेता ले १० लाख , तेस्रो हुने टिम ले ३ लाख र चौथो हुने टिम ले २ लाख नेपाली रुपैया पाउने छ्न ।यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी लाई टिभिएस अपाचे १८० सिसि को मोटरसाइकल प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ द म्याच ले १० हजार नगद प्राप्त गर्ने छ्न ।

डिपिएल ले “मस्ट भ्यालुएवल प्लेयर ” ले नेपाली क्रीकेट ईतिहास मै पहिलो पटक गोल्डेन जुत्ता पुरस्कार पाउने भएका छ्न , जसलाई गोल्ड स्टार जुत्ताले प्रायोजक गर्ने भएको हो । मोस्ट भ्यालुएवल प्लेयर कसरी छान्ने भन्ने बिषय मा अहिले सम्म ठोस जानकारी आयोजक पक्ष ले नगराए पनि यसको आधार भने खेलाडी को प्रदंशन तथा दर्शकहरुको भोटिङ को आधारमा गरिने बुझिएको छ । गोल्डेन जुत्ता मा चादिँको प्लेट माथी सुन को जलप लगाईने छ । जुन फुटबल मा धेरै सुनिने तर यसपालि डिपिएल मा पहिलो पटक गोल्डेन जुत्ताको सुरुवात गर्दै छ । जो आफै मा एउटा नौलो प्रयोग हो ।

यसरी प्रतियोगिता को अनुमानित लागत नै ३ करोड जति नैछ , यसले पनि प्रमाणित गरेको छ यो संस्करण कति भब्य हुनेवाला छ भनेर जुन नेपाली क्रीकेट जगत कै सबैभन्दा ठूलो प्रतियोगिता हुन पुगेको छ ।

यस संस्करण गत बर्ष को तुलनामा दर्शकका लागि बस्ने प्याराफिट लाई बढाईएको छ । गत बर्ष को पहिलो संस्करण मा लगभग ३ हजार दर्शक हरु का लागि पुग्ने प्याराफिट मात्र सिमित थियो भने अहिले त्यसलाई वृद्धि गरेर लगभग ७ हजार जति बस्न मिल्ने खालको प्याराफिट निर्माण गरिएको छ । जहाँ मैदान मा खेल हेर्न दर्शक हरुले सजिल्लै टिकट काटेर हेर्न सक्ने बाताबरण सिर्जना भएको छ ।

जसमा डिपिएल को टिकेटिङ साझेदार ई- सेवा ले टिकट सम्बन्धि सम्पुर्ण ब्यबस्था मिलाएको छ । खेल हेर्न आउने दर्शक हरुले अनलाईन मार्फत स्वयम् आफै , वा आफू पायक पर्ने नजिकै को ईसेवा प्रदायक स्थान हरु ( साईबर , स्टेसनरि पसल , कम्युनिकेशन , ईसेवा जोन , ईसेवा पोईन्ट ) मा गई टिकट खरिद गर्न सक्ने ब्यबस्था ईसेवा ले गरेको छ। यसै मा खेल हेर्न आउने दर्शक का लागि लिगं चरण का खेलहरु मा ५० , प्ले अफ का खेलहरु मा ७० र फाईनल खेल का लागि १०० रुपैया टिकट दर तोकिएको छ । सुरक्षा को द्श्टिकोण र टिकट दुरुपयोग नहोस भन्न का लागि हरेक टिकट मा दर्शक को नाम र सम्पर्क नब्बर राखिने अनिबार्य गरिएको छ , मैदान मा प्रबेश कालागी टिकट मा लेखिएको नाम , प्रमाणित गर्ने परिचय पत्र अनिबार्य लिएर खेल हेर्न जानु पर्ने टिकेटिङ पाटर्नर ईसेवा ले सुचित गरेको छ ।

डिपिएल का सम्पुर्ण खेल प्रत्यक्ष प्रशारण एपिवान टेलिभिजन ले गर्नेछ । अर्को अनलाईन माध्यम पनि यसपटक जोडिएको छ जुन हो आईफ्लिक्स अनलाईन प्लेटफर्म जस बाट डिपिएल का सम्पुर्ण खेल लाईभ हेर्न सकिने छ । उदयमान बजार का लागि बिश्वको अग्रणी मनोरञ्जन प्रदायक एप्स हो आईफ्लिक्स । जसले प्रतियोगिता मा पहिलो पटक नेपाल का आईफ्लिक्स सब्सक्राईबर ले प्रत्यक्ष प्रशारण हेर्न पाउने छ्न ।

प्रदेश नब्बर ७ को सङ्घिय प्रहरी ईकाई कार्यलय को खेल मैदान जहाँ यसपाली को डिपिएल का सम्पूर्ण खेल हुदैछ । दुई महिना को अथक मेहनत ले प्रतियोगिता खेल्ने पिच र मैदान अन्तर्राष्ट्रिय मापदण्ड अनुसार को बनाईएको छ ।

करिव १३ दिन सम्म चल्ने उक्त प्रतियोगिता मा ६ टिम को सहभागिता रहने छ जसमा कुल १५ खेल समाबेश गरिएको छ । भने फाईनल खेल चैत्र ३० गते हुनेछ । प्रतियोगिता को नियम अनुसार शीर्ष दुई टिम क्वालिफायरमा पुग्नेछन्। तेस्रो र चौथोबीच एलिमिनेटर हुनेछ। र एलिमिनेटर मा बिजयी टोलि ले पहिलो क्वालिफायर को पराजित टिम सगँ दोस्रो क्वालिफायर खेल्नु पर्नेछ ।

प्रतियोगिता का टिम र खेलाडी हरु

विराटनगर किंग्स
पारस खड्का (रणनीतिक खेलाडी), वसन्त रेग्मी, पृथु बास्कोटा, पवन सर्राफ, रामनरेश गिरी, सौरभ खनाल, दिलीप नाथ, अनिल साह, पुरन विक, अविनाश बोहोरा, मञ्जित श्रेष्ठ, फिर्दोस अन्सारी तथा सुबोध ऐर । बिदेशी खेलाडी : बाबर हायात (हंगकंग ),सुभम कामत

सीवाईसी अत्तरिया
दीपेन्द्रसिंह ऐरी (रणनीतिक खेलाडी), कुशल भुर्तेल, सन्दीप जोरा, सुवर्णकार उराव, सुभाष खकुरेल, प्रेम तामाङ, कलमसिंह ऐरी, विनोद लामा, भुवन केसी, सागर भण्डारी, आकाश थापा तथा रोमन बम । बिदेशी खेलाडी : दिल्लीका गौरव चितकारा र युपिका विपिन चन्द

टिम चौराहा धनगढि
सोमपाल कामी (रणनीतिक खेलाडी), योगेन्द्रसिंह कार्की, ललितसिंह भण्डारी, सोनु तामाङ, राजेश पुलामी मगर, विजय राना, शंकर राना, रवीन्द्रजंग शाही, शम्साद शेख, राजु रिजाल, आसु कन्दोइ तथा महेश अधिकारी । बिदेशी खेलाडी : पुनित मिश्रा र युनाइटेड अरब इमिरेट्स(युएई)का कप्तान रोहन मुस्तफा

काठमाडौ गोल्डेन्स
ज्ञानेन्द्र मल्ल (रणनीतिक खेलाडी), नरेश बुढाऐर, ललित राजवंशी, अमित श्रेष्ठ, शाहब आलम, किशोर महतो, सन्तोष भट्ट, रसिद खान, पुष्पा थापा, सञ्जय श्रेष्ठ, भुपेन्द्र थापा, विक्रम ठगुन्ना तथा सञ्जय वस्नेत । बिदेशी खेलाडी : जयकिसन कोल्सावाल र सन्नी पटेल

रुपन्देही च्यालेन्जर्स
शक्ति गौचन (रणनीतिक खेलाडी), सागर पुन, सुसन भारी, सिद्धान्त लोहनी, विक्रमकुमार भुसाल, जितेन्द्र मुखिया, प्रदीप ऐरी, कुशल मल्ल, मोहम्मद सोनु अन्सारी, अमरसिंह रौतेला, दिपेश श्रेष्ठ, विपिन खत्री तथा प्रकाश जैसी । बिदेशी खेलाडी : ओमानका सुफियान मेहमुद र क्रिकेट एसोसिएसन अफ बंगोलका दीपक पैसाद

महेन्द्रनगर युनाईटेड
विनोद भण्डारी (रणनीतिक खेलाडी), करण केसी, आरिफ सेख, भुवन कार्की, रोहितकुमार पौडेल, हरिशंकर साह, अभिनाश कर्ण, प्रनित थापामगर, आसिफ सेख, अरुण ऐरी, नारायण जोशी, रोबिन क्षेत्री तथा दीपेन्द्र चन्द । बिदेशी खेलाडी : पुनीत मेहेरा र पुनीत विष्ट

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *