दिल्लीले आज अंकतालिकामा अन्तिममा रहेको बैंगलोरको सामना गर्ने : सन्दिप खेल्ने सम्भावना उच्च

दिल्लीले आज अंकतालिकामा अन्तिममा रहेको बैंगलोरको सामना गर्ने : सन्दिप खेल्ने सम्भावना उच्च

चैत्र २४ , अनलाईन खेलखबर ।। नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आबद्द दिल्लीले क्यापिटल्सले आज आईपिएल अन्तर्गत आफ्नो छठौ तथा प्रतियोगिताको २० औँ खेलमा बिराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेंजर्स बैंगलोरको सामना गर्नेछ ।

खेल एम चिन्नास्वामी रंगशालामा नेपाली समय अनुसार दिउसो सवा ४ बजेपछि सुरु हुनेछ । प्रतियोगितामा जित बिहिन रहेको बैंगलोर र दिल्ली बिचको खेल दुवै टिमका लागि उत्तिनै महत्वपुर्ण रहेको छ ।

लगातार ५ खेलमा पराजित भएको बैंगलोरलाई प्ले अफ पुग्न अब बाकी रहेका खेलमा राम्रो गर्दै नतिजा आफ्नो पक्षमा पार्नु पर्ने देखिन्छ । भने नयाँ जोश र उमंङ्गको साथमा रहेको दिल्लीलाई पनि अबको खेल निकै महत्वपुर्ण रहेको छ ।

जित बिहिन रहेको बैंगलोर अहिले अंकतालिकाको अन्तिम स्थानमा रहेको छ । भने दिल्ली ५ खेलबाट २ खेलमा जित र ३ मा हार व्यहोर्दै अहिले ४ अंक सहित अंकतालिकाको छठौ स्थानमा रहेको छ ।

दिल्लीले प्रतियोगितामा राम्रो सुरुवात गरेको भएपनि आशाका किरण बाढेपनि त्यो निरन्तरता हुन् भने सकेको छैन । दिल्लीले पहिलो खेलमा मुम्बई ईण्डियनलाई ३७ रनले पराजित गर्दै प्रतियोगिताको शानदार सुरुवात गरेको थियो ।

यसपछि दोस्रो खेलमा चेन्नई सँग दिल्ली ६ विकेटले पराजित हुन् पुग्यो । तेस्रो खेलमा दिल्लीले कम ब्याक गर्दै रोमाञ्चक सुपर ओवरमा गएको खेलमा कोलकतालाई ३ रनले निराश बनाएको थियो । यसपछि दिल्ली लगातार दुई खेलमा पराजित हुन् पुग्यो ।

चौथो खेलमा दिल्ली पंजाव सँग १४ रन तथा अघिल्लो खेलमा हैदराबाद सँग ५ विकेटले पराजित हुन् पुगेको थियो ।

दिल्लीका लागि फेरी प्रतियोगितामा कम ब्याक गर्न आज राम्रो मौका हुनेछ । लय बिहिन रहेको बैंगलोर माथि जित निकाल्दै प्रतियोगितामा मा रहिरहन र टिमको मनोबलमा उच्च राख्न पनि यस अर्थमा दिल्लीको असली परिक्षा आज पक्कै हुनेछ ।

यसअघिका पछिल्ला खेलमा सुरुवात राम्रो गरेपनि उचित समयमा फ़िनिसिङ्गमा चुक्दै आएको दिल्लीले त्यसबाट पाठ सिक्दै आफ्ना कमि कमजोरीलाई समयमै ब्यबस्थापक गरे दिल्लीको सम्भावना अझै जिवित रहेको छ ।


यता दिल्ली भनेपछि नेपाली समर्थकहरुलाई खास रहन्छ । कारण नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेको प्रदशन , सुरुवाती २ खेलमा बेन्चमै रहेका सन्दिपले यसपछि भने ३ खेलमा खेल्ने मौका प्राप्त गर्दै ४ विकेट लिईसकेका छन । सन्दिप राम्रो लयमा पनि देखिएका छन त्यसैले आज हुने बैंगलोर बिरुद्दको खेलमा दिल्लीले उनलाई अन्तिम ११ मा स्थान दिने प्रबल सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *