
सुर्खेत ले उचाल्यो कर्णाली प्रदेश कप टि – ट्वान्टी क्रीकेट प्रतियोगिता को उपाधी
पुस १७ , अनलाईन खेलखबर || रुकुम पश्चिम् मा आज सम्पन्न कर्णाली प्रदेश कप टि – ट्वान्टी क्रीकेट प्रतियोगिता को उपाधी सुर्खेत ले उचालेको छ ।
आज मङ्गलबार भएको प्रतियोगिता को फाईनल मा सुर्खेत ले जाजरकोट लाई १४ रनले पराजित गर्दै सुर्खेत च्याम्पियन बनेको हो ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ स्थित नाखिरा खेल मैदान मा भएको फाईनल खेल मा सुरुमा ब्याटिङ गरेको सुर्खेत ले निर्धारित २० ओवर पुरै खेल्दै ७ बिकेट गुमाएर १ सय ६० रन बनाएको थियो ।
सुर्खेत को लागि भविन सारु मगर ले अबिजित रहदै ४० रनको पारी खेले यस्तै टेक सलामि ले पनि ४० रन को योगदान टिम का लागि गरे ।
बलिङ तर्फ जाजरकोटका लागि प्रणमले सर्बाधिक ३ बिकेट लिए भने केशर अधिकारीले पनि २ विकेट लिन सफल भए ।
यसपछि १ सय ६१ रनको बिशाल लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्न उत्रिएको जाजरकोट निर्धारित २० ओवर पुरै खेल्दै ९ बिकेट को क्षती मा १ सय ४६ रन मा सिमित हुन पुगे पछि सुर्खेत ले उपाधी उचालेको हो ।
जाजरकोट का लागि पदमराज भण्डारी ले सर्वाधिक ७१ रनको योगदान गरे । भन्डारी बाहेक अन्य ब्याट्सम्यान ले उल्लेख्य योगदान गर्न असफल भएपछि टिम लक्ष्य नजिक पुग्दा पुग्दै सफल हुन भने सकेन र निराश हुन पुग्यो ।
बलिङ तर्फ सुर्खेत का कप्तान रविन्द्र जंग शाहीले सर्बाधिक ४ बिकेट लिए साथै ललित प्याकुरेल ले पनि २ विकेट हात पारे ।
प्रतियोगिता को उपाधी उचालेको सुर्खेत ले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेता जाजरकोटले ६० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र मा चित्त बुझायो ।
यस्तै प्रतियोगीताको उत्कृष्ट खेलाडी कालिकोट का सुनिल भण्डारी भए भने उत्कृष्ट बलर आयोजक रुकुमका युवराज केसी घोषित भए यस्तै उत्कृष्ट ब्याट्सम्यान सुर्खेत का रविन्द्रजंग शाही भए ।
प्रतियोगिता को उदायमान खेलाडी मा सुर्खेतका टोपेन्द्र जिसी चुनिए भने स्थानिय उदायमान खेलाडी आयोजक रुकुमका धनजित खड्का घोषित भए ।
यी सबै लाई ट्रफि र प्रमाणपत्र ले सम्मान गरिएको थियो ।
जिल्ला क्रिकेट संघ रुकुमले आयोजना गरेको यस प्रतियोगिता मा आयोजक रुकुम सहित सल्यान, कालिकोट ,डोल्पा , सुर्खेत, जुम्ला र जाजरकोट जिल्ला को सहभागिता रहेको थियो ।