onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सन्दिप आबद्ध मेलबर्न स्टार्स को जारी बिग ब्यास मा दोस्रो जित : सन्दिप अब भने बङलादेश जाने

पुस १७ , अनलाईन खेलखबर || अस्टेलिया को उच्च लिग बिग ब्यास अन्तर्गत नेपाल का युवा क्रीकेटर आवद्ध मेलबर्न स्टार्स ले जारी लिग मा आज दोस्रो जित हासिल गरेको छ ।

आज भएको बिग ब्यास को आफ्नो चौथो खेल मा मेलबर्न स्टार्स ले मेलबर्न रेनेगेड्स लाई ७ बिकेट ले पराजित गरेको हो ।

आजको खेल मा सन्दिप आवद्ध मेलबर्न स्टार्स ले पहिले ट्स जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो , ट्स हारेर पहिले ब्याटिङ गरेको मेलबर्न रेनेगेड्स ले निर्धारित २० ओवर पुरै खेल्दै ९ बिकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।

रेनेगेड्स का लागि ड्यानियल क्रिस्टियन ले ३२ रन तथा र साम हाम्पर ले ३० रनको योगदान गरे ।

स्टार्स का लागि डिजे ब्राभो ले ३ तथा बोलान्ड र स्टोइनिसले समान २/२ बिकेट लिन सफल भए । यस्तै आदाम जाम्पा र नेपाल का सन्दिप लामिछाने ले समान १/१ विकेट लिन सफल भए ।

४ ओवर पुरै बलिग गतेका सन्दिप ले ३१ रन खर्चिएर १ बिकेट लिएका थिए । उनले रेनेगेड्स का कप्तान टोम कोपर लाई पभेलियन फर्काईदिएका थिए ।

भिडियो-

यसपछि १ सय ४९ रनको मध्यम लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको स्टार्स ले मार्सस स्टोनिस को अबिजित ७८ रनको महत्त्वपूर्ण पारी को मद्धत मा उक्त बिजयी लक्ष्य १७.५ ओवर मा मात्र ३ बिकेट गुमाएर भेटायो । यस्तै स्टार्स का लागि बेन डग ले ३२ रन तथा कप्तान ग्लेन म्याक्सबेल ले ३३ रनको योगदान गरेपछी रेनेगेड्स माथी स्टार्स ले सहज जित निकाल्यो ।

यो जित सगै मेलबर्न स्टार्स जारि लिग को तेस्रो स्थान मा उक्लिएको छ । सुरुवाती २ खेल मा लगातार पराजित भएको भएपनि यसपछि का २ खेल मा स्टार्स ले सह्ज जित निकालेको छ ।

सन्दिप अब बङलादेश प्रिमियर लिग खेल्न बङलादेश जाने ।

अस्टेलिया मा रहेका नेपाली युवा क्रीकेटर सन्दिप लामिछाने ले बिग ब्यास मा आज चौथो खेल खेली सकेपछि अब उनी बङ्लादेश प्रस्थान गर्ने छ्न ।

पुर्ब जानकारी अनुसार बिग ब्यास कै दौरान बङ्लादेश प्रिमियर लिग ( बिपिएल ) सुरु हुन लागेपछी बिग ब्यास का सुरुवाती ४ खेल आफ्नो टिम मेलबर्न स्टार्स बाट खेलेपछी पुर्ब निर्धारित सम्झौता अनुरुप उनि बिपिएल खेल्न बङलादेश प्रस्थान गर्न लागेका हुन ।

बिग ब्यास मा अनुबन्धित हुनु अघि नै सन्दिप ले आफ्नो ब्यस्तता र सम्झौता को पुर्ण जानकारी मेलबर्न सगँ राखेका थिए र सोही अनुरुप मेलबर्न ले पनि सन्दिप लाई ठूलो रकम मा अनुबन्धित गरेको थियो ।

सन्दिप ले आज बिग ब्यास मा टिम का लागि चौथो खेल खेलिसके पछि उनी यहि आउदो सनिवार देखि हुन गईरहेको बाङ्लादेश प्रिमियर लिग ( बिपिएल ) मा सहभागी हुनेछ्न ।

उनी बिग ब्यास अधि नै बिपिएल मा अस्ट्रेलियन खेलाडी डेभिड वार्नर ले कप्तानी गर्ने स्यलहेट सिक्सर्स सगँ अनुबन्धित भएका थिए ।

निकै ब्यस्तता मा रहेका सन्दीप ले बङ्लादेश प्रिमियर लिग का क्रम मा नेपाल र युएई बिच हुने अन्तर्राष्ट्रिय सिरिज मा पनि सहभागी जनाउने खबर छ सिरिज जनवरि २५ देखि फेब्रुअरी ३ सम्म चल्नेछ उनी अहिले युएई भ्रमण को प्रारम्भिक २० सदस्य भित्र पनि रहेका छ्न ।

यसपछि उनी बङ्लादेश मा उनी आबद्ध टिम को यात्रा कस्तो गर्नेछ सोही कुरा ले उनको बाकि यात्रा तय गर्नेछ यदि उनी आबद्ध टिम ले लिग को प्ले अफ स्थान बनाएको खन्डमा उनि पुन टिम मा फर्किने छन । यस्तै बिग ब्यास मा पनि सोही कुरा लागू हुनेछ बङलादेश प्रिमियर लिग फेब्रुअरी ८ तारिख सम्म चल्नेछ भने बिग ब्यास फेब्रुअरी १७ सम्म यदि टिम ले बिग ब्यास मा राम्रो गर्दै अन्तिम सम्म पुगेको खन्ड मा पनि उनी पुन बिग ब्यास खेल्न अस्टेलिया फर्किने छ्न ।

बिग ब्यास मा निकै राम्रो प्रदशन गरेका उनले सबैलाई प्रभावित समेत गरे ४ खेल खेलेका उनले कुल ८ बिकेट समेत लिन सफल भए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *