onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आज बिग ब्यास मा चौथो खेल , खेलेपछी सन्दिप बङलादेश जाँदै

पुस १७ , अनलाईन खेलखबर || बिग ब्यास लिग खेल्न अस्टेलिया मा रहेका नेपाली युवा क्रीकेटर सन्दिप लामिछाने ले बिग ब्यास मा आज चौथो खेल खेली सके पश्चात् बङ्लादेश प्रस्थान गर्ने भएका छ्न ।

पुर्ब जानकारी अनुसार बिग ब्यास कै दौरान बङ्लादेश प्रिमियर लिग ( बिपिएल ) सुरु हुन लागेपछी बिग ब्यास का सुरुवाती ४ खेल आफ्नो टिम मेलबर्न स्टार्स बाट खेलेपछी पुर्ब निर्धारित सम्झौता अनुरुप उनि बिपिएल खेल्न बङलादेश प्रस्थान गर्न लागेका हुन ।


बिग ब्यास मा अनुबन्धित हुनु अघि नै सन्दिप ले आफ्नो ब्यस्तता र सम्झौता को पुर्ण जानकारी मेलबर्न सगँ राखेका थिए र सोही अनुरुप मेलबर्न ले पनि सन्दिप लाई ठूलो रकम मा अनुबन्धित गरेको थियो ।

सन्दिप ले आज बिग ब्यास मा आज चौथो खेल मेलबर्न रेनेगेड्स विरुद्ध खेल्नेछ्न र उनी यहि आउदो सनिवार देखि हुन गईरहेको बाङ्लादेश प्रिमियर लिग ( बिपिएल ) मा सहभागी हुनेछ्न ।

उनी बिग ब्यास अधि नै बिपिएल मा अस्ट्रेलियन खेलाडी डेभिड वार्नर ले कप्तानी गर्ने स्यलहेट सिक्सर्स सगँ अनुबन्धित भएका थिए ।

निकै ब्यस्तता मा रहेका सन्दीप ले बङ्लादेश प्रिमियर लिग का क्रम मा नेपाल र युएई बिच हुने अन्तर्राष्ट्रिय सिरिज मा पनि सहभागी जनाउने खबर छ सिरिज जनवरि २५ देखि फेब्रुअरी ३ सम्म चल्नेछ उनी अहिले युएई भ्रमण को प्रारम्भिक २० सदस्य भित्र पनि रहेका छ्न ।

यसपछि उनी बङ्लादेश मा उनी आबद्ध टिम को यात्रा कस्तो गर्नेछ सोही कुरा ले उनको बाकि यात्रा तय गर्नेछ यदि उनी आबद्ध टिम ले लिग को प्ले अफ स्थान बनाएको खन्डमा उनि पुन टिम मा फर्किने छन । यस्तै बिग ब्यास मा पनि सोही कुरा लागू हुनेछ बङलादेश प्रिमियर लिग फेब्रुअरी ८ तारिख सम्म चल्नेछ भने बिग ब्यास फेब्रुअरी १७ सम्म यदि टिम ले बिग ब्यास मा राम्रो गर्दै अन्तिम सम्म पुगेको खन्ड मा पनि उनी पुन बिग ब्यास खेल्न अस्टेलिया फर्किने छ्न ।


बिग ब्यास अन्तर्गत आज उनी टिम को चौथो र आफ्नो पनि चौथो खेल खेक्दैछ्न । बिग ब्यास मा निकै राम्रो लय मा देखिएका उनले अहिले सम्म ७ बिकेट लिईसकेका छ्न । आज मेलबर्न रेनेगेड्स विरुद्ध को खेल नेपाली समय अनुसार दिउँसो २ बजेपछी हुनेछ ।

खेल को प्रत्यक्ष प्रसारण नेपाल मा सोनि सिक्स र सोनि सिक्स एचडि टेलिभिजन ले गरिरहेका छ्न साथै खेल लाई अनलाईन सोनि लिभ को मोबाईल एप्लिकेसन र वेबसाइट बाट पनि हेर्न सकिने छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *