onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस्तक आउदो शुक्रबार काठमाडौ मा बिमोचन हुँदै

पुस १६ , अनलाईन खेलखबर || जब नेपाली क्रीकेट ले अन्तर्राष्ट्रिय क्रीकेट परिषद ( आईसीसी ) बाट एसोसियट सदस्य को रुपमा सन १९९६ मा मान्यता पाएको थियो त्यस बेला का नेपाली क्रीकेट टोलि का उपकप्तान र लगत्तै नेपाली र्राष्ट्रिय टोलि लाई पनि महत्त्वपूर्ण नेतृत्व गरेका पुर्ब कप्तान एलबि क्षेत्रि ले आफ्नो आत्मसंस्मरण पुस्तक एलबि क्षेत्रि : कप्तान १९९८ लाई सार्बजनिक गर्दैछ्न ।

पुस्तक बिमोचन समारोह आउदो शुक्रबार पुस २० गते काठमाडौ स्थित नेपाल प्रज्ञा प्रतिष्ठान मा दिउसो १ बजे पछि हुने भएको छ । क्रियटिभ बुक्स ले प्रकाशन गर्न लाएको यो पुस्तक मा नेपाली क्रीकेट को त्यो बेला को अबस्था , खेल प्रती को लगाभ उदाउदै गरेको क्रीकेट को सम्भावना तथा चुनौती र संघर्ष लाई नजिक बाट नियाल्न सकिने बताईएको छ ।

क्षेत्रीले ले पुस्तक प्रकाशन गर्न पत्रकार कुमार श्रेष्ठसँगको सहकार्य गरि आफ्नो आत्मसंस्मरण लेखेका हुन् ।

नेपाली क्रीकेट को यो अबस्थामा मा आईपुग्दा सुरुवाती र अहिले पनि निरन्तर क्रीकेट बिकाश मा लागीपरेका उनले नेपाली क्रीकेट मा अतुलनीय योगदान गरेका छ्न । कति लाई यो नौलो पनि लाग्न सक्छ ,बिशेष गरि नयाँ पुस्ता लाई जो स्वाभाविक पनि छ तर नेपाली क्रीकेट लाई राम्रो सगँ पछ्याईरहेको ब्यक्ती लाई यो नाम सम्मानित नाम हो ।

शून्य बाट सुरु भएको नेपाली क्रीकेट को अबस्था बाट यो अहिले को अबस्था मा आईपुग्दा उनले शब्द मा बयान गर्न नसक्ने योगदान गरेका छ्न । भखरै बामे सर्दै गरेको क्रीकेट लाई आम्मसाथ गर्दै अगाडी बढ्नु आफै मा प्रेरणादायी कुरा हुन आउँछ , एक पटक सोच्न बाध्य पक्कै बनाउने छ अहिले त विभिन्न कठिनाई को सामना गरिरहेको छ भने त्यो बेला को अबस्था कस्तो थियो होला अनुमान सहजै लगाउन सकिन्छ । तर निरन्तर लागि परेका उनी आफै मा धेरै का प्रेरणाका स्रोत समेत हुन ।

उनै क्षेत्रीले नेपाल मा महिला क्रिकेट को जग बसाले । उनको सोच अनुरुप महिला क्रीकेट को अवधारणासहित सुरुवात गर्दै विकास र बिस्तार मा महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै नेतृत्व समेत उनले गरेका थिए । यस्तै आफ्नै क्षेत्र कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको उनले महत्त्वपूर्ण भुमिका निर्बाह गरे ।

अहिले उनि सक्रिय खेलाडी जीवन पछि क्रीकेट का विभिन्न पक्ष बाट सक्रिय हुँदै योगदान दिईरहेका छ्न । क्यान को केन्द्रिय सदस्य तथा क्षेत्रीय अध्यक्षको जिम्मेवारी सम्हाली सकेका उनि अहिले क्यान निलम्बित भएको अबस्थामा यतिबेला अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले नेपाली क्रिकेटको विवाद समाधानका लागि बनाएको स्वतन्त्र समुह मा नेपाल सरकारको तर्फदेखि सदस्यका हैसियतमा क्रियाशील छन् ।

उनको यो पुस्तक मा नेपाली क्रीकेट को त्यो बेला को अबस्था , ईतिहास , संघर्ष चुनौती र सम्भावना का पाटा का साथ साथै उनि बाट सुरु भएको महिला क्रिकेटको कथा लाई पनि पढन पाईने बताईएको छ ।

यसका साथ साथै पुर्ब र बर्तमान मा नेपाली क्रिकेटभित्र देखिएको चरम विवाद, राजनैतिक हस्तक्षेप, आइसीसी को निलम्बन र अब समाधानको उपायका सम्बन्धमा पनि उनले पुस्तक भित्र समाबेश गरेको बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस्