लमही अन्तर्राष्ट्रिय क्रीकेट मैदान : राजधानी पछि को उत्कृष्ट मैदान बनेको दाबी
पुस १५ , अनलाईन खेलखबर || आठौं रास्टिय खेलकुद प्रतियोगिता को मिति नजिकिदै गर्दा महिला र्राष्ट्रिय क्रीकेट प्रतियोगिता हुने भनिएको लमही अन्तर्राष्ट्रिय क्रीकेट मैदान को निर्माण कार्य अहिले तिब्र गति मा अगाडि बढिरहेको देखिएको छ ।
एक दर्शक जति लामो समयपछि बल्ल आएर लमही क्रीकेट मैदान को मुहार नै फेरिएको छ । लमही नगर बिकाश समिती र र्राष्ट्रिय खेलकुद परिषद ( राखेप ) को करिव ४ करोड भन्दा बढी लगानी मा अहिले क्रीकेट मैदान लगभग ८० प्रतिशत भन्दा बढी तयार भईसकेको छ ।
र्राष्ट्रिय प्रतियोगिता हुने भएपछी अहिले मैदान लाई उत्कृष्ट बनाउन लागि परिएको छ , मैदान को पिच बनाउने , नाला हरु ब्यबस्थापन गर्ने तार बार गर्ने काम सकि सकेको छ ।
अब मैदान लाई सिगार्ने काम मात्र बाकि रहेको छ जसमा दुबो रोप्ने र खेलाडी लाई बस्ने स्थान बनाएमा लमही अन्तर्राष्ट्रिय क्रीकेट मैदान खेल का लागि तयार हुने छ , र त्यस का लागि अहिले काम जारी रहेको छ ।
दाङ जिल्ला तथा प्रदेश र सिग्गो देशकै शान को रुपमा लिएको यस मैदान राजधानी पछि को उत्कृष्ट अन्तर्राष्ट्रिय क्रीकेट परिषद ( आईसिसी ) को संरचना बमोजिम तयार गरिदै छ ।
आईसीसी को मापदण्ड अनुसार मैदान को बनोट तयार छ , जुन आफै मा लोभलाग्दो बनिसकेको छ ।
लामो समय को अन्तराल पछि विभिन्न चरण हरु पार गरेर यहाँ सम्म आईपुगेको लमही अन्तर्राष्ट्रिय क्रीकेट मैदान राजधानी पछि को उत्कृष्ट मैदान भएको बिज्ञ हरु को दाबी रहेको छ ।