केसिटिसी ले आफ्नो दशौं वार्षिकोत्सव भब्यता का साथ मनायो : क्रीकेटरहरु पनि सम्मानित

केसिटिसी ले आफ्नो दशौं वार्षिकोत्सव भब्यता का साथ मनायो : क्रीकेटरहरु पनि सम्मानित

पुस १५ , अनलाईन खेलखबर || नेपाली र्राष्ट्रिय क्रीकेट टोली का उप-कप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल ले सन्चालन गरेको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) ले आफ्नो १० औ वार्षिकोत्सव भब्यता का साथ हिजो सनिवार मनायो ।

फोटो सौजन्य – नेप्लेज

उक्त वार्षिकोत्सव को क्रम मा केसिटिसी ले आफ्नो ट्रेनिङ सेन्टर बाट देशका लागि पुरुष र महिला टिम बाट प्रतिनिधित्व गरिसकेका खेलाडी लाई समेत सम्मानित गरेको थियो ।

सम्मानित हुने हरुमा र्राष्ट्रिय क्रीकेटर राजेश पुलामि का साथै उमेर समूह बाट राष्ट्रिय टिम बाट खेलिसकेका आदिल खान , सुमित महर्जन,सुर्य लामा , नन्दन यादब लगायत का र महिला राष्ट्रिय क्रिकेटरहरु सीता राना मगर , बिनु बुढा मगर, निमा तामाङ र करुना भण्डारी रहेका छ्न ।

यस्तै स्थापना काल देखि केसिटिसी लाई सहयोग गर्दै आएका विभिन्न ब्यक्तित्व लाई पनि सेन्टर ले सम्मानित गरेको थियो । केसिटिसी ललितपुर स्थित सानेमा मा अबस्थित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *