सन्दिप को बिग ब्यास् मा उत्कृष्ट लय जारी : आज पनि लिए २ बिकेट
पुस १२ , अनलाईन खेलखबर | नेपाल का युवा स्टार क्रीकेटर सन्दिप लामिछाने आवद्ध मेलबर्न स्टार्स ले बिग ब्यास को आफ्नो तेस्रो खेल मा अहिले सिड्नी सिक्सर्सविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
सिड्नी क्रिकेट मैदान सिड्नी मा जारी खेल मा सन्दिप को टिम मेलबर्न ले आज ट्स जितेर सिड्नी सिक्सर्स लाई पहिले ब्याटिङ गर्न निम्तो दिएको थियो ।
जसअनुसार सिड्नि ले निर्धारित २० ओवर पुरै खेल्दै ९ बिकेट गुमाएर १ सय ३० रन बनाएको छ ।
सिड्नी सिक्सर्स का लागि जोडन सिल्क ले सर्बाधिक अबिजित रह्दै ४१ रनको पारि खेले। यस्तै सेन अबोट ले २२ तथा ड्यानिल ले २० रनको योगदान टिम का लागि गरे ।
बलिग तर्फ मेलबर्न का लागि ज्याकसन ले ३ तथा सन्दिप ले २ र ब्राबो ले पनि २ बिकेट लिए यस्तै जाम्पा र ग्लेन म्याक्सबेल ले पनि समान १/१ बिकेट लिए ।
अब मेल बर्न ले १ सय ३१ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्नेछ ।
यता नेपाल का सान सन्दिप को जारी लिग मा उत्कृष्ट लय जारी रहेको छ । आज को खेल मा पनि सन्दिप ले ४ ओवर गर्दै मात्र १८ रन खर्चिएर २ बिकेट लिए । यो सगैँ सन्दिप को जारी लिग मा ३ खेल बाट बिकेट सङ्ख्या ७ पुगेको छ । र अहिले सम्म उनी लिग मा सबैभन्दा धेरै बिकेट लिने सुचीको पहिलो स्थान मा रहेका छ्न ।
आज को खेल मा उनले हनेरिक्स लाई ९ रनको अबस्थामा पभेलियन फर्काईदिएका थिए । उनी सन्दिप को ब्यक्तिगत दोस्रो ओवर अर्थात टिम को ९ औ ओवर को दोस्रो बल मा आउट हुन पुगेका थिए ।
यसपछि उनले दोस्रो बिकेट का रुपमा टोम कुरेन लाई ब्यक्तिगत तेस्रो ओवर को अन्तिम बल मा एलबिड्ब्लु को सिकार गराएका थिए उनले पनि मात्र २ रन बनाए ।
यसअघिका सुरुवाती दुई खेल मा पनि सन्दिप को प्रदशन राम्रो भएको थियो । उनले सबै लाई प्रभावित समेत गरेका थिए ।
उनले पहिलो खेल मा सिड्नी थन्डर्स ४ ओवर बलिग गर्दै ३६ रन खर्चिएर २ बिकेट लिएका थिए । उनको बल मा शेन वाटसन र क्यालम फर्गुसन आउट भएका थिए ।
यस्तै दोस्रो खेल मा होबर्ट हरिकेन्स विरुद्ध उनी झन ससक्त हुँदै किफायती बलिग गर्दै ३ बिकेट लिए । ४ ओवर बलिग गरेका उनले मात्र २४ रन खर्चिए ।
यसअघि का दुई खेल मा पराजित मेलबर्न लाई आज को खेल निकै महत्त्वपूर्ण रहेको छ । ग्लेन म्याक्सवेल को कप्तानी मा रहेको मेलबर्न ले अहिले सम्म सोचे अनुरुप नतिजा आफ्नो पक्षमा मा पार्न सकेको छैन ।
तर सन्दिप ले भने टिम का लागि प्रभावित गरेका छ्न ३ खेल बाट किफायती बलिग गर्दै ७ बिकेट लिई सकेका छ्न ।
अहिले जारी खेल को प्रत्यक्ष प्रसारण नेपाल मा सोनि सिक्स र सोनि सिक्स एचडि टेलिभिजन ले गरिरहेका छ्न साथै खेल लाई अनलाईन सोनि लिभ को मोबाईल एप्लिकेसन र वेबसाइट बाट पनि हेर्न सकिने छ ।
सन्दिप को टिम मेलबर्न अहिले अंकतालिका मा अन्तिम स्थान रहेको छ भने सिड्नी सिक्सर्स भने चौथो स्थान मा रहेको छ ।