
७ बर्षिय आर्ची चिलर ले गरे अस्टेलिया को कप्तानी ( भिडियो सहित )
पुस ११ , अनलाईन खेलखबर | बक्सिङ डे टेस्ट को तेस्रो टेस्ट मा अस्टेलिया का ७ बर्षिय आर्ची चिलर ले टिम को कप्तानी गर्न सौभाग्य प्राप्त गरेका छ्न ।
आज भएको तेस्रो टेस्ट को ट्स मा उनको नियमीत कप्तान टिम पाईन सगँ उपस्थिति रहेको थियो , ट्स दौरान उनी निकै खुशी देखिएका थिए ।
( भिडियो )
It was a special Baggy Green presentation for the Aussies this morning, as young Archie Schiller received his Test cap from his favourite player!#AUSvIND | @MakeAWishAust pic.twitter.com/gGA0gDAhUB
— cricket.com.au (@cricketcomau) December 26, 2018
ट्स भने भारत ले जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गर्दै पहिको दिनको समाप्ती मा २ बिकेट गुमाएर २ सय १५ रन बनाएको छ । अहिले चितेश्वर पुजरा ७८ रन मा र कप्तान बिराट कोहलि ४७ रन मा अबिजित रहेका छ्न ।
आज मेलबर्न क्रीकेट मैदान मा भारत विरुद्ध को टेस्ट क्रीकेट मा अस्टेलिया का ७ बर्षिय आर्ची चिलर ले टिम पाईन सगैँ कप्तानी को जिम्मेवारी निर्बाह गरे ।
बक्सिङ डे टेस्ट मा कप्तानि गर्न अघि नै उनी सर्बत्र चर्चा मा आएका थिए , जुन स्वाभाविक पनि थियो ।
केही महिना अघि नै अस्टेलिया ले आर्ची लाई टिम मा सामिल गर्ने घोषणा गरेको थियो । उनलाई भारत विरुद्ध को टेस्ट मा टिम मा समाबेश गर्ने भनेर र अहिले त्यो घडि पूरा भएको छ यो सगै बिश्व क्रीकेट मा उनी सबैभन्दा कान्छा कप्तान बनेका छ्न ।
यसअघि ऐडिलेड मा भएको पहिलो टेस्ट का क्रम मा उनी अस्टेलिया टिम बाट अभ्यास गरिरहेको देखिएको थियो । तर उनलाई अस्टेलिया ले अक्टूबर मै युएई मा भएको पाकिस्तान विरुद्ध को सिरिज मा खेलाउने सोच बनाएको थियो ।
टिम का मुख्य प्रशिक्षक ले उनलाई सो कुरा फोन बाट जानकारी गराएका थिए । जवाफ मा चिलर ले आफ्नो ईक्छा बिराट कोहली लाई आउट गर्ने र टिम को कप्तानी गर्ने रहेको जानकारी गराएका थिए ।उनको यो कुरा सुनेर टिम निकै प्रभावित भएपछी लेग स्पिनर चिलर लाई यो मौका दिईएको हो ।
क्रीकेट भनेपछी हुरुक्कै हुने चिलर को जिवन भने निकै कष्टकर हुँदै आएको छ । सात बर्ष का उनि मुटु रोगबाट पिडित हुन पुगे । र सल्यक्रिया समेत गरिसकेका छ्न ।
केही समय अगाडि उनका पिता ले उनलाई उनको सपना बारे सोधेका थिए । त्यस बेला उनले आफ्नो पिता लाई अस्टेलिया टिम को कप्तानि गर्ने रहेको बताए सगैँ उनको रोग र सपनाको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएपछी र टिम ले आर्ची स्वयम लाई सोध्दा पनि उनले सोही कुरा बताए पछि भारत विरुद्ध को टेस्ट मा उनलाई सयुक्त रुपमा कप्तानी को जिम्मा दिईएको हो ।