onlinekhelkhabar.com

Complete website for Nepali Sports News

युएई भ्रमण को खेल तालिका सार्बजनिक

पुस ४ , अनलाईन खेलखबर || एकदिवसिय मान्यता प्राप्त नेपाल ले आफ्नो दोस्रो वैदेशिक सिरिज का लागि अर्को महिना माघ मा युएई जाने पक्का पक्की भएको छ र आज खेल तालिका पनि सार्बजनिक पनि भएको छ ।

इमिरेट्स क्रिकेट बोर्ड र आईसीसी को पहल मा यो सिरिज हुन लागेको हो । सिरिज मा ३ एकदिवसिय र ३ नै टि -ट्वान्टी खेल हुनेछ । सुरुमा ३ एकदिवसिय खेल हुनेछ्न भने यसपछि टि -ट्वान्टी खेल हुनेछ ।

फाईल फोटो

सार्बजनिक खेल तालिका अनुसार माघ ११ मा पहिलो एकदिवसिय  खेल खेल्नेछ दोस्रो माघ १२ मा हुनेछ भने माघ १४ तेस्रो एकदिवसिय खेल हुनेछ ।

यस्तै टि -ट्वान्टी को पहिलो खेल १७   गते हुनेछ दोस्रो १८ गते हुनेछ भने तेस्रो २० गते हुनेछ ।

युएई भ्रमण जानू अघि नेपालि टोलि ले काठमाडौ मा तयारी गर्नेछ ।

एकदिवसिय मान्यता प्राप्त गरेपछी नेपाल का लागि यो दोस्रो सिरिज हो । यसअघि साउन महिना मा नेदरल्यान्ड विरुद्ध एकदिवसिय सिरिज नेपाल ले खेलेको थियो । जहाँ दुई खेल भएका थिए । जस मा १ मा जित र १ मा हार ब्यहोर्दै सिरिज बराबरी मा सकिएको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *